हेडलाईनसमाचारशिक्षा

बालिका शिक्षा कार्यक्रम प्रभावकारी बनाउन सरोकारवालासँग अन्तरक्रिया

दमौली खबर संवाददाता
दमौली, असोज २ । बालिका शिक्षा कार्यक्रम प्रभावकारी बनाउन दमौली स्थित सत्यवती माध्यामिक विद्यालयमा सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । रुम टु रिड बालिका शिक्षा कार्यक्रमले अन्तरक्रिया आयोजना गरेको हो । सत्यवतीमा मा विगत ५ वर्ष देखि सञ्चालन भएको बालिका शिक्षा कार्यक्रमले यस वर्ष अन्तर्गतको पहिलो अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ  ।
 बालिका शिक्षा कार्यक्रम सञ्चालनमा आएका चुनौती तथा समस्याको कार्य योजना  समेत प्रस्ततु गरी यो कार्यक्रमले विद्यालयमा बालिकाहरुको पढाइ छाड्ने दर घटाउनका साथै बालिकाहरुलाई पढाइ प्रति प्रेरित गर्न निकै सहयोग गरकोले कार्यक्रमलाई निरन्तरता दिन जरुरी रहेको वक्ताहरुको भनाई रहेको थियो  । रुम टु रिडको परिचय, पृष्ठभुमि तथा उक्त अन्र्तक्रिया कार्यक्रमको उदेश्यको बारेमा सामाजिक परिचालक सिर्जना पराजुली तथा बालिका शिक्षा कार्यक्रमको प्रगति उपलब्धी तथा आगामी योजनाका बारेमा सिनियर सामाजिक परिचालक लक्ष्मी नेपाल साथै रुम टु रिड बालिका शिक्षा कार्यक्रमको आगामी रणनीतिका बारेमा वरिष्ठ कार्यक्रम सहायक मञ्जु लोहोनीले प्रष्ट पार्नु भएको थियो भने फिल्ड कार्यक्रम व्यवस्थापक दिनेश पोख्रेलले खुला छलफलका क्रममा आएका जिज्ञासाहरुलाई स्पष्ट पारिदिनुभएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकधा अध्यक्ष करुण राज काफ्ले बालिका शिक्षा कार्यक्रम हाम्रा बालिकाहरुको लागि अत्यावश्यक कार्यक्रम रहेको र यसका सम्पूर्ण क्रियाकलापहरुलाई हामी सहकार्यका साथ हाल सम्म देखा परेका विविध समस्यालाई समाधान गर्दै सफल रुपमा अगाडी बढाउन पुर्ण रुपमा सहयोगको प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्र.अ अनिल श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक इन्द्रप्रसाद पौडेल, वडा सदस्यद्धय सुरेश वाग्ले, सविता रसाइली लगायतले यो कार्यक्रम बालिकाहरुमा र सत्यवतीमा मात्र सीमित नराखी बालकहरुमा अन्य विद्यालय तथा स्थानमा आवश्यक रहेको कुरामा जोड दिनु भएको थियो ।
Show More

Related Articles

Back to top button