समाचारUncategorized

विद्यालय बन्द गर्न निर्देशन

कोरोना भाइरसको प्रकोप बढ्दै गएको भन्दै व्यास नगरपालिकाका विद्यालयहरु बन्द गरिएका छन् । व्यास नगरपालिकाले मगलबार एक विज्ञप्ति जारी गर्दै कार्तिक १गते सम्म सम्पूर्ण विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।नगरपालिकामा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको र दिनप्रतिदिन संक्रमीत बढ्खदै गए पछि वैकल्पिक माध्यमहरुबाट सञ्चालित प्रत्यक्ष कक्षा सञ्चालन बन्द गर्न निर्देशन दिएको हो । नगरखपालिका असोज ११ गते देखि विद्यालय सञ्चालन गर्न अनुमति दिएको थियो । नगरप्रमुख वैकुण्ठ न्यौपानेद्धारा जारी विज्ञप्तीमा लेखिएको छ ,‘वैकल्पिक माध्यमहरुबाट सञ्चालिलत विद्यालयहरुमा प्रत्यक्ष कक्षा सञ्चालन भएको अवस्थामा संक्रमणको अखवस्था अध्ययन गरी व्यवस्थापन समितिबाट निर्णय लिई कार्तिक १५ गते समेत विद्यालय बन्द गर्नु । ’

दशै, तिहार जस्ता ठूला चाडहरुको समयमा घर परिवारका सदस्यहरु आउने जाने, व्यापार व्यवसाय चल्ने यस घडीमा तत्काल लकडाउनको परिकल्पना गर्न कठिन रहेको भन्दै तत्कालका लागि विद्यालय बन्द खगर्न र उच्च रुपमा सावधानी अपनाउन आग्रह गरिएको छ । त्यस्तै बाहिर बाट आएमा अनिर्वाय रुपमा सुरक्षीत क्वारेन्टाईनमा बस्न पनि नगरवासीलाई आग्रह गरिएको छ । सुरक्षीत होम क्वारेन्टाईन नभएको खण्डमा नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा बस्ने आग्रह गरिएको हो । जेष्ठ नागरिक,दीर्घ रोगका बिरामीहरुलाई अत्याश्वयक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको छ ।

ठूला चाडवाडको अवस्था रहेको र परम्परागत मानिसहरु भेला भई पूजा, वली, प्रार्थना, भोजभेतर गर्ने अवस्थाबाट संक्रमण विस्तारित हुने भन्दै त्यस्ता कुनै कार्यक्रमहरु नगर्न समेत आग्रह गरिएको छ । त्यस्तै अत्यावस्यक कामका लागि मात्र स्वास्थ्य मापदण्ड पालना गरी मास्क लगाएर मात्र घर बाहिर निस्कनु आग्रह गरिएको छ होटल, रेष्टुरेण्टहरु बेलुका ९ बजेसम्म मात्र सञ्चालन गर्न पाउने भएका छन् भने २५ जना भन्दा बढी व्यक्तिहरु भेला जम्मा हुने गरी कुनै कार्यक्रमहरु सञ्चालन नगर्न समेत भनिएको छ । यस अघि शुक्लागण्डकी नगरपालिकाले पनि विद्याखय बन्द गर्न निर्देशन दिएको थियो ।

Show More

Related Articles

Back to top button