सम्पादकीयAll

वस्ती जोगाउन बेलैमा ध्यान दिऔं

दमौली खबर संवाददाता 

तनहुँको सदरमुकाम दमौली बजार क्षेत्र लगायत आसपासका बस्ती जोगाउन मादीनदी किनारमा ग्याबिन तारसहित तटबन्धन बनाउने कार्य भईरहेको छ । काम हुनु सुखद पक्ष हो । यो काम निर्धारित समयमा र तोकिएको मापदण्ड अनुसार सम्पन्न हुनु ठुलो कुरा हुन्छ । तोकिएको समयमा मापदण्डको पालना गरी काम गर्नु दायित्व ठेकदारको पनि हो । मादीनदीले वषौं अघि देखि धार बदलेर कटान गरिरहेको छ । यस क्रममा गतवर्ष मादीनदीमा आएको बाढीले कटान गरी बस्ती क्षेत्र उच्च जोखिममा परेका छन् । बस्ती संरक्षणको लागि गण्डकी प्रदेशको आर्थिक सहयोगमा बाँध निर्माणका कार्य थालेको हो । दुई हजार दुई सय ९८ मिटर दुरीमध्ये एक हजार मिटर दुरीमा तटबन्धन निर्माणको कार्य सम्पन्न भैसकेको छ । मादीनदीले कटान गरेका क्षेत्रमा धमाधम ग्याबिन तारसहित बाँध निर्माण हुन थालेपछि नदी किनार आसपासका सयौं घरधुरीका बासिन्दाहरुले सुरक्षाको महसुस गरी खुसी हुन थालेका छन् । पहिलो प्याकेज अन्र्तगत शिशाघाट सत्रसय,शेखाटार,कलेस्ती र चिन्तुटार क्षेत्रका बासिन्दा लाभान्वित हुने छन् । त्यसक्षेत्रमा एक हजार त्रिपन्न मिटर बाँध र चौविस वटा स्पार निर्माण गरिने बताईएको छ । हालसम्म सो क्षेत्रमा करिब २० प्रतिशत कार्य सम्पन्न भएको छ । त्यसैगरी गौशालादेखि पाटनसम्म दोस्रो प्याकेज अन्र्तगत गौशला,उपल्लो भतेरी,पतेनीटार,तल्लो भतेरी र पाटन क्षेत्रका बासिन्दाहरु लाभान्वित हुने छन् । जस अन्र्तगत हालसम्म ३० प्रतिशत कार्य प्रगति भएको छ । जे जति प्रगति भएको छ त्यो सन्तोष जनक नै छ । व्यास–३ को तल्लो भतेरीतर्फ बाढी पसेपछि सदरमुकाम दमौली बजार क्षेत्र नै बढी जोखिममा रहेकाले यसक्षेत्रमा बाँध निर्माण कार्यलाई प्राथाकितामा पर्नु प्रभावित बासिन्दाको लागि हर्षका कुरा हो । बाँध निर्माणमा पहिले नै ध्यान दिनु पर्ने थियो । ढिलै भएपनि काम सुरुवात भएको छ अब तिब्रता दिएर प्रभावितलाई खुसी दिलाउन लाग्नु पर्दछ ।

Show More

Related Articles

Back to top button