समाचारAll

व्यास नगर साइनिङ स्टारको उपाधि सत्यवतीकी रानालाई

दमौली खबर संवाददाता

तनहुँ, भदौ २४ गते

जेसिआई व्यास नगरद्धारा दमौलीमा आयोजित ‘व्यास नगर साइनिङ स्टार– २०२३’ को उपाधि दमौली स्थित सत्यवती माविकी छात्रा सदिक्षा रानाले जिप्नु भएको छ ।

शुक्रबार राती सम्पन्न भएको प्रतियोगितामा सहभागि १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै रानाले उक्त उपाधि चुम्नु भयो । उपाधिसँगै रानाले नगद २५ हजार २३ नगद तथा प्रमाणपत्र प्राप्त गर्नुभयो । प्रतियोगितामा विजयी रानालाई व्यास नगरप्रमुख वैकुण्ठ न्यौपाने जेसिआई व्यास नगरका अध्यक्ष राजु रानाले सयुक्त रुपमा पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा आभा श्रेष्ठ फस्ट रनर अप हुनु भयो । श्रेष्ठ ले १५ हजार २३ र सदिक्षा थापा मगर सेकेण्ड रनर अप हुनुभयो । थापामगरले १० हजार २३ प्राप्त गर्नुभयो ।

सामाजिक क्षेत्रमा क्रियाशिल बन्दै आएको जेसिआई व्यास नगरले बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि हरेक वर्ष प्रतियोगिता गर्दै आएको छ । पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख न्यौपानेले जेसिजले प्रतियोगिताको आयोजना गरेर बालबालिकाको चौतर्फी विकासको लागि महत्वपूर्ण योगदान दिन सफल भएको बताउनुभयो । साथै नगर प्रमुख न्यौपानेले जेसिज आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यलाई निरन्तरा दिनु पर्ने बताउनुभयो । उपाधि जिप्नु भएकी रानालाई सत्यवती माविले बधाई ज्ञापन गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्ले, प्रधानाध्यापक पुष्पकला भट्टराई तथा शिक्षक अभिभावक संघका अध्यक्ष सोमराज सिग्देले बधाई ज्ञापन गर्नु भएको हो ।

Show More

Related Articles

Back to top button