समाचारकोरोनाभाइरसस्वास्थ्य

तनहुँका ८० प्रतिशत संक्रमितले जिते कोरोना

दमौली खबर संवाददाता
जिल्लामा कोरोनाबाट संक्रमित भएका मध्ये ८० प्रतिशत कोरोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय तनहुँको तथ्याङक अनुसार जिल्लामा संक्रमित भएका कुल तीन हजार एक सय ५४ मध्ये दुई हजार ५ सय ३९ जना कोरोना मुक्त भएका छन् । अहिले जिल्लामा ५ सय ३५ जना सक्रिय संक्रमित रहेका छन् । कोरोनाको दोस्रो लहरको संक्रमणबाट जिल्लामा ८० जनाको ज्यान गएको तथ्याङकमा उल्लेख छ । जिल्लामा सबै भन्दा धेरै व्यास नगरपालिकामा संक्रमित फेला परेको छ । संक्रमित भएका ९ सय ६६ जना मध्ये ८ सय १५ जना कोरोना मुक्त भएका छन् । दोस्रो कोरोनाको लहरमा व्यासका १७ जना संक्रमतिको ज्यान गएको छ ।

अहिले व्यासमा एक सय ३४ जना सक्रिय संक्रमित रहेका छन् । शुक्लागण्डकी नगरपालिकाका ८ सय ११ संक्रमित मध्ये ५ सय ९५ जना कोरोना मुक्त भएका छन् । संक्रमणबाट ३३ जना संक्रमित ज्यान गएको छ । शुक्लामा एक सय ८३ जना सक्रिय संक्रमित रहेका छन् । भिमाद नगरपालिकाका ४ सय २३ जना संक्रमित मध्ये तीन सय ५५ जना कोरोना मुक्त भएका छन् । संक्रमणबाट १३ जनाको मुत्यु भएको छ । दुई १४ संक्रमित फेला परेको भानु नगरपालिकाका एक सय ८५ जनाले कोरोना जितेका छन् । म्याग्दे गाँउपालिका २ सय ४० संक्रमित मध्ये एक सय ५८ जना कोरोना मुक्त भएका छन् । चार जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।

त्यस्तै बन्दिपूर गाँउपालिकाका २ सय ७ जना संक्रमित मध्ये एक सय ७४ जना संक्रमित कोरोना मुक्त भएका छन् । संक्रमणबाट दुई जनाको ज्यान भएको छ । एक सय २२ संक्रमित फेला परेको घिरिङ गाँउपालिका एक सय ९ जना संक्रमितले कोरोना जितेका छन् । तीन संक्रमित ज्यान गुमाएका छन् । त्यस्तै आँबुखैरेनीका ७१ मध्ये ६१, ऋषिङका ६० मध्ये ४९ र देवघाटका ४० मध्ये ३८ जनाले कोरोना जितेका छन् ।

Show More

Related Articles

Back to top button