दमौली खबर संवाददाता\
दमौली, भदौ २४ गते
राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँका नेता रेशमलाल श्रेष्ठको निधन भएको छ । व्यास नगरपालिका–२ मालपोतलाइन दमौली निवासी श्रेष्ठको ७३ बर्षको उमेरमा काठमाडौंमा हृदयघातले गर्दा निधन भएको हो ।
श्रेष्ठको स्वास्थ्यमा अकस्मात समस्या आएपछि उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको थियो । श्रेष्ठको निधन प्रति राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँले दुःख व्यक्त गरेको छ । तनहुँका अध्यक्ष बिनोद घर्तीले शोक विज्ञप्तीमा श्रेष्ठको निधनले राप्रपा तनहुँलाई अतुलनीय क्षति भएको उल्लेख गरिएको छ ।
उहाँको निधनले पार्टी स्तब्ध बनेको छ ।’ राप्रपा तनहुँले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको छ । पार्थिव शरिरलाई शनिबार पशुपति आर्यघाटनमा दाहसस्कार गरिएको छ । स्वर्गिय श्रेष्ठ राप्रपाकी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दुर्गा श्रेष्ठको श्रीमान् हुनुहुन्छ ।

