समाचार

विद्यार्थीलाई लियो क्लबको शैक्षिक सामाग्री सहयोग

स्थानथोक आधारभूत विद्यालय शुक्लागण्डकी नगरपालिका–२ का विद्यार्थीलाई लियो क्लब अफ दुलेगौँडा खैरेनी सिटीले शैक्षिक सामाग्री वितरण गरेको छ । शुक्रबार ६३ औँ अन्तराष्ट्रिय लियो दिवसको अवसरमा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत १९ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको क्लबका अध्यक्ष धर्मराज पोखरेल(विनोद) ले जानकारी दिए । उनले जहाँ अभाव त्यहाँ लियोले सघाउने बताए । क्लबका सचिव विवेक बानियाँले जन्मदिनको अवसरमा शैक्षिक सामाग्री उपलब्ध गराएका हुन् ।

कार्यक्रममा बोल्दै क्लबका निवर्तमान अध्यक्ष कोमलबहादुर बानियाँले भबिष्यका कर्णधार बालबालिकाको उज्वल भबिष्यका लागी शिक्षामा जोड दिनुपर्ने बताए । उनले शिक्षालाई प्रविधीसंग जोड्नुपर्ने आवश्यकता औँल्याए । विद्यालयका प्रधानध्यापक रोललाल गुरुङले लियोको शैक्षिक सामाग्री सहयोगले कलिला बालबालिकाको सिकाई उपलब्धीमा निकै सहयोग पुग्ने बताए । कार्यक्रममा रिजन ४ का संयोजक राजनबाबु ढुंगाना, स्थानथोक आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर थापा, क्लबका उपाध्यक्ष प्रेमराज तिवारी, सचिव विवेक बानियाँ लगायतले बोलेका थिए ।

Show More

Related Articles

Back to top button