समाचार

नम्बर ३ बाहिनीमा ठडियो पृथ्वीनारायणको शालिक

आधुनिक नेपालको राष्ट्र निर्माता हुन् पृथ्वीनारायण शाह । युद्ध लडेरै टुक्रे राज्यलाई एउटै बनाउन सफल भए उनी । नेपाली सेनाको संस्थापकको रुपमा चिनिने उनै राष्ट्र निर्माता शाहको सम्मानमा तनहुँको खैरेनीटारस्थित नेपाली सेनाको श्री नम्बर ३ बाहिनीमा शालिक ठड्याईएको छ । सेनाकै ३ जना कालिगढ मिलेर तयार पारेको शाहको पुर्णकदको शालिक शनिबार अनावरण गरियो । बाहिनीपति सहायक रथी सागरबहादुर थापाले अनावरण गरेका हुन् । थापाले नेपाली सेनाले शाहले सिकाएको इमान्दारिताको पाठलाई सदैव पछ्याउनुपर्ने बताए । शालिक ठड्याईएपछि बाहिनी परिसरमा सौन्दर्यता थपिएको महशुस गरेको उनको भनाई छ ।

दुई लाख १४ हजार ९ सय ७१ रुपैयाँ खर्चिएर शालिक बनाईएको हो । सहायक बाहिनीपति महासेनानी उत्तम खड्काले दिएको जानकारी अनुसार श्री नम्बर ३ बाहिनी अड्डाले ५३ हजार ७ सय ४३ रुपैयाँ, श्रीजंग गणले ४२ हजार ९ सय ७४ रुपैयाँ, रणसिं दल गणले ४२ हजार ९ सय ९४ रुपैयाँ, भगवती दल गणले ३२ हजार २ सय ४६ रुपैयाँ, दुर्गाभञ्जन गुल्मले २१ हजार ४ सय ९७ रुपैयाँ र रणदल गुल्मले २१ हजार चार सय ९७ रुपैयाँ लगानी गरेका छन् ।

Show More

Related Articles

Back to top button