Uncategorizedपत्रपत्रिकाबाट

लकडाउनको बेला प्रहरी तथा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री तथा खाजा सहयोग

 

राम घामी । दमौली खबर संवाददाता

आँबुखैरेनी, १९ बैंशाख । एमभी दुग्गड ग्रुप अन्तर्गत विवेक अटो मोवाइल प्रा।लि। पोखरा शाखाले ३ जिल्लाका चेक पोष्टमा खटिएका प्रहरी तथा सुरक्षाकर्मीलाई आज स्वास्थ्य सामाग्री तथा खाजा सहयोग गरेको छ । इलाका प्रहरी कार्यालय मुग्लिङ्ग चितवनको चेकपोष्ट, गण्डकी प्रदेशको मुलद्वार इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँको पूलजीप चेक पोष्ट र प्रहरी चौकी मझुवा गोरखाको चेक पोष्टमा खटिएका प्रहरी तथा सुरक्षाकर्मीहरुलाई स्यानीटाईजर, मास्क, पिउने पानी र चाऊचाऊ सहयोग गरेको शाखाले जनाएको छ । प्रत्येक चेक पोष्टलाई २० थान स्यानीटाईजर, १०० थान मास्क, ५ कार्टुन पिउने पानी र २ कार्टुन चाऊचाऊका दरले स्वास्थ्य सामाग्री तथा खाजा सहयोग गरेको विवेक अटोमोवाइल प्रा।लि। गण्डकी प्रदेशका प्रमुख अनिल श्रेष्ठले जानकारी दिनुभयो । लकडाउनको समयमा दिनरात सुरक्षामा खटिएका प्रहरी तथा सुरक्षाकर्मीहरुको स्वास्थ्यलाई ध्यानमा राखी विवेक अटोमोवाइल प्रा।लि। पोखराका कर्मचारी उमेश भट्टराई र राजकुमार श्रेष्ठको सहयोगमा सो स्वास्थ्य सामाग्री तथा खाजा बितरण गरेको विवेक अटोमोवाइल प्रा।लि। गण्डकी प्रदेशका प्रमुख अनिल श्रेष्ठले बताउनुभयो ।

Show More

Related Articles

Back to top button