Uncategorizedजीवनशैली

लुकाई छिपाई मदिरा बिक्री गर्ने व्यापारी पक्राउ

दमौली

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा खाद्यान्न भन्दै लुकाई छिपाई मदिरा सप्लार्यस गर्ने तनहुँका एक व्यापारीलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको बन्दिपुर– १ डुम्रे स्थित भट्ट किराना पसलका संञ्चालक नन्दलाल भट्टलाई सवारी साधन सहित भानु नगरपालिका–१३ चन्द्रावतीबाट नियन्त्रणमा लिएको हो ।

भानु नगरपालिकामा कोरोनाको संक्रमण समुदायस्तरमा फैलिएको र अझै पनि जोखिम कायमै रहेको भन्दै सरकारले यही भदौ १ गते देखि निषेधाज्ञा गरेको छ ।

निषेधाज्ञा जारी गरे समय अवधिमा आफ्नो सवारी साधनमा अत्यावश्यक खाद्यान्न बोकेको र गाउँ, गाउँमा पु¥याउने भन्दै डुम्रेबाट गाडीको तल्लो भागमा मदिरा लुकाएर बेच्न लैजाने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

खाद्यन्न ओसार पसारमा सक्रिय रहेका उनको गोप्य सुचनाको आधारमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहँुले जनाएको छ ।

नियन्त्रणमा लिएको गाडी र व्यापारीलाई इलाका प्रहरी कार्यालय भानु डुम्रे पठाइएको प्रहरीले जनाएको छ ।

यसअघि पनि भट्टलाई यस्तै प्रकरणमा प्रहरीले नियन्त्रणमा लिएको थियो । पहिलोपटक भएका कारण स्थानीय टोल बिकास र वडाको रोहबरमा सामान्य कारबाही गरि अब आइन्दा यस्तो गल्ती नगर्ने शर्तमा उनिलाई छोडिएको थियोे ।

कानुनी कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय दमौलीमा पठाइने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

Show More

Related Articles

Back to top button