समाचारAll

मादीगंगाद्धारा मनोपरामर्श सचेतना सञ्चालन

दमौली खबर संवाददाता

दमौली, माघ २० । आजकल सहकारीमा नाफा कमाउने होडबाजी देखिन्छ । यस्तो होडबाजीले गर्दा कतिपय सहकारीलाई पहिलाको साहुमहाजनले जस्तो चर्को व्याज लिने सस्थाको रुपमा टिप्पणी हुने गर्छ । यस्तै टिप्पणीले गर्दा सरकारले व्याजदर तोकेर त्यो भन्दा बढी लिन नपाउने व्यवस्था पनि ल्याउन बाध्य हुनु परेको थियो तर तनहुँको एक सहकारीले नाफा कमाउन भन्दा सामाजिक कार्य गर्न विपन्नको आय आर्जन बढाउन क्रियाशिल छ ।

सामाजिक कार्यमा प्राथमिकता दिनेमा व्यास नगरपालिका–२ स्थित मादीगंगा बहुउद्धेश्यीय सहकारी सस्था रहेको छ । विभिन्न सामाजिक कार्य गर्दै आएको सहकारीले मनोसामाजिक सचेतना कार्यक्रम गरेको छ । व्यास नगरपालिका वडा नम्बर २ को सहयोगमा बिहीबार सचेतना गरेको हो । कोभिडले निम्त्याएको समस्या, आर्थिकमन्दी, बेरोजगारी, ऋण आदिको कारणले मानसिक समस्यामा परेको उत्थानको लागि सेवा पु¥याउने उद्धेश्यले तालिम प्रदान गरिएको हो । तालिमको व्यास नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष काशीराम श्रेष्ठले उद्घाटन गर्नु भयो । सो अवसरमा श्रेष्ठ महिलाहरु संगठिक भएर सामाजिक भावानाले अघि बढ्नु सबैको लागि अनुकरणीय काम भएको बताउनुभयो । यस सस्थाले सामाजिक कामलाई प्राथमिकता दिएकोले वडा कार्यालयको तर्फबाट सहयोग गर्दै आएको बताउनुभयो । कार्यक्रममा वडा सदस्य सुरेश वाग्लेले महिलाले सिकेको सीपलाई आफ्नो टोल तथा छिमेकमा ज्ञान बाड्नु पर्ने बताउनुभयो । साथै सदस्य वाग्लेले आर्थिक अभावमा परेका सरोकारवाला निकायको ध्यान जान जरुरी रहेको बताउनुभयो । कार्यक्रममा मादीगंगा महिला बहुउद्धेश्यीय सहकारी सस्था लिमिटेडकी अध्यक्ष मञ्जु अधिकारीको अध्यक्षतामा भएको थियो । तालिममा रेणु नेपाली र मिना दुराले प्रशिक्षण दिनु भएको थियो । तालिममा ४० जना सहभागी थिए ।

Show More

Related Articles

Back to top button