हेडलाईनसमाचारAll

याम्पा स्थित कुमालटारी कृषि फममा आगलागी हुँदा ६० लाखको नोक्सानी

दमौली खबर संवाददाता

तनहुँ, माघ २६

तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पास्थित कुमालटारी कृषि फर्ममा बिहीबार दिउँसो आगलागी भएको छ । आगलागी ६० लाख रुपियाँ नोक्सानी भएको प्रहरीले जनाएको छ ।

आगलागी भएको दुई घण्टा ३० मिनेट पछि मात्रै आगो नियन्त्रण लिन सकिएको थियो । कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले सञ्चालन गरेको फममा बिहीबार दिउँसो आगलागी भएको प्रहरी चौकी डुम्रेका प्रहरी नायव निरीक्षक विजयनाथ यादवले जानकारी दिनुभयो । पराल थुप्रो ठुलो भएको र गोठमा समेत आगो सल्किएकोले आगो निभाउन धेरै बेर लागेको उहाँले जानकारी दिनुभयो ।

सुरक्षाकर्मी र स्थानीय वासिन्दाले आगो निभाउने काम भएको र गाई तथा बाख्रालाई सुरक्षित स्थानमा सार्न सकिएपनि यद्यपी १०० वटा कुखुरा भने जलेर मरेको उहाँले जानकारी दिनुभयो । मानवीय तथा पशुको क्षति भने नभएको यादवले जानकारी दिनुभयो विद्युत सट भएर आगलागी भएको अनुमान प्रहरीको छ । फर्ममा रहेका ९० वटा बाख्रा भने सकुशल बाहिर निकालेको प्रहरी चौकी डुम्रेले जनाएको छ । फर्म नजिकै रहेको परालको टौवा समेत जलेर पूर्ण रुपमा ध्वस्त भएको छ । खोरको संरचना परालको टौवा र कुखुरा जलेर मर्दा ६० रुपियाँबराबरको क्षति भएको अनुमान गरिएको हो । स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आगो निभाएएका थिए । व्यास नगरपालिकाको दमकलले समेत आगो निभाउन सहयोग पु¥याएको हो । प्रहरी चौकी डुम्रेका प्रहरी नायव निरीक्षक विजयनाथ यादवले कृषि फर्ममा आगलागी हुँदा मानवीय क्षति भने नभएको जानकारी दिए । विद्युत सट भएर आगलागी भएको अनुमान प्रहरीले गरेको छ । सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सक्रियतामा बाख्रा बाहिर निकाल्न सफल भएकाले अझै ठूलो क्षति हुनबाट जोगिएको हो । परालको थुप्रो र गोठमा आगोले टिपेपछि निभाउन कठिन भएको थियो ।

Show More

Related Articles

Back to top button