समाचार

पुल बन्ने भएपछि खुसी

जिल्लाको सदरमुकाम दमौली बजार । दमौली बजारबाट केही दुरी पर रहेको झापुटार एक्लीएको छ । व्यास नगरपालिका र ऋषिङ गाँउपालिकाको बीचमा रहेको सेती नदीले झापुटारलाई छुटाएको छ । दूई पालिकालाई झोलुङ्गे पुलले जोडेको छ । झापुटारबासिन्दा दमौली बजारको सुविधा लिन पाटन, चापाघाट भएर घुम्नुपर्छ  । कि जोखीम मोलेर भएपनि मोटरसाईकल हुईकिरहने झोलुङ्गे पुलबाट नदी पार गर्नुपर्छ ।

झोलुङ्गे पुलबाट मोटरसाइकल गुडाउँदा सर्वसाधारणले आवतजावतमा कठिनाइ भोगिरहेका छन् । पुलबाट मोटरसाइकल तार्नको लागि जो कोहीले हिम्मत राख्दैन तर पनि कोही कसैले मोटरसाइकल कुदाउँदा पुल हल्लिने गर्दा दैनिक दुर्घटना हुने गरेको छ । सधै जोखिम मोलेर पार गर्ने स्थानियको मुहारमा सोमबार खुसी छाएको थियो । व्यास नगरपालिका ३ बिसघरे र ऋषिङ गाँउपालिका वडा १ झापुटार जोड्ने गरी सेती नदी पुल निर्माण सुरु भएको छ ।

पुल निर्माणपछि ऋषिङका वडावासीलाई दमौली बजारमा आउजाउ गर्न सहज हुनेछ । ‘पुल बनेपछि सहजै रुपमा बजार जान सकिन्छ ।’ ऋषिङ १ झापुटारकी निर्मला तिवारीले भनिन्, ‘पुल निर्माण सुरु भएकाले खुसी छौं ।’ तिवारीले भनिन्,‘कोही बिरामी भएको बेला एम्बुलेन्सबाट अस्पताल पु¥याउन पाँच मिनेटको बाटो पनि २० मिनेट लगाएर घुमेर जानुपर्छ । ’ उनले अघि भनिन्,‘झोलुङ्गे पुलबाट पार गर्दा मोटरसाईकलले ठक्कर दिन्छकी भन्ने डर हुन्छ । ’ पुल बन्ने भएपछि झापुटारका स्थानीयमा खुसी छाएको ऋषिङ गाँउपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । ‘ मोटरेबल पुल अभावमा घुम्नुपर्दा स्थायिनलाई धेरै असहज भएको छ  ।

पुल निर्माण सम्पन्न भएपछि सहज हुनेछ,’ उनले भने । पुलको सोमबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास गरे । शिलान्यास गदै मन्त्री गुरुङले नागरिकका आवश्यकतालाई प्रदेश सरकारले महसुस गर्न थालेको बताए । राजनीतिक दलबीच मतभेद रहेपनि विकास निर्माणका सवालमा एकजुट हुनुपर्ने उनको भनाई थियो ।‘विकासमा पक्ष–प्रतिपक्ष नबनौं,’ उनले भने ।

प्रदेश सभा सदस्य रामबहादुर गुरुङले प्रदेश सरकारले विकासका पूर्वधारमा उल्लेख्य प्रगति गरेको बताए । जिल्ला समन्वय समिति तनहँुका प्रमुख शान्तिरमण वाग्लेले पुल निर्माण भएपछि झापुटारको विकासक्रम बढ्ने बताए । प्रमुख जिल्ला अधिकारी सागर आर्चाय विकास निर्माणमा प्रशासनबाट आवश्यक शान्ती सुरक्षाको प्रत्याभूति गराउने बताए । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले मोटरेबल पुल बनाउन लागेको हो । कार्यालयका प्रमुख ओमराज ढुङ्गाानाका अनुसार ३२ करोड ४० लाख २७ हजार ३ सय ९४ रुपैयाँमा पुल निर्माण हुन लागेको हो । पुलको लम्बाइ एक सय ५४ मिटर र चौडाइ ९.५० मिटर रहने छ । पुल २०८० जेठ ९ गते सक्ने रसुवा इलाइट जेभी काठमान्डौं सँग सम्झौता छ । पुल निर्माणका लागि चालु वर्षमा चार करोड ५० लाख विनियोजना भएको छ ।

जिल्लाको सदरमुकाम दमौली बजार । दमौली बजारबाट केही दुरी पर रहेको झापुटार एक्लीएको छ । व्यास नगरपालिका र ऋषिङ गाँउपालिकाको बीचमा रहेको सेती नदीले झापुटारलाई छुटाएको छ । दूई पालिकालाई झोलुङ्गे पुलले जोडेको छ । झापुटारबासिन्दा दमौली बजारको सुविधा लिन पाटन, चापाघाट भएर घुम्नुपर्छ  । कि जोखीम मोलेर भएपनि मोटरसाईकल हुईकिरहने झोलुङ्गे पुलबाट नदी पार गर्नुपर्छ ।

झोलुङ्गे पुलबाट मोटरसाइकल गुडाउँदा सर्वसाधारणले आवतजावतमा कठिनाइ भोगिरहेका छन् । पुलबाट मोटरसाइकल तार्नको लागि जो कोहीले हिम्मत राख्दैन तर पनि कोही कसैले मोटरसाइकल कुदाउँदा पुल हल्लिने गर्दा दैनिक दुर्घटना हुने गरेको छ । सधै जोखिम मोलेर पार गर्ने स्थानियको मुहारमा सोमबार खुसी छाएको थियो । व्यास नगरपालिका ३ बिसघरे र ऋषिङ गाँउपालिका वडा १ झापुटार जोड्ने गरी सेती नदी पुल निर्माण सुरु भएको छ ।

पुल निर्माणपछि ऋषिङका वडावासीलाई दमौली बजारमा आउजाउ गर्न सहज हुनेछ । ‘पुल बनेपछि सहजै रुपमा बजार जान सकिन्छ ।’ ऋषिङ १ झापुटारकी निर्मला तिवारीले भनिन्, ‘पुल निर्माण सुरु भएकाले खुसी छौं ।’ तिवारीले भनिन्,‘कोही बिरामी भएको बेला एम्बुलेन्सबाट अस्पताल पु¥याउन पाँच मिनेटको बाटो पनि २० मिनेट लगाएर घुमेर जानुपर्छ । ’ उनले अघि भनिन्,‘झोलुङ्गे पुलबाट पार गर्दा मोटरसाईकलले ठक्कर दिन्छकी भन्ने डर हुन्छ । ’ पुल बन्ने भएपछि झापुटारका स्थानीयमा खुसी छाएको ऋषिङ गाँउपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । ‘ मोटरेबल पुल अभावमा घुम्नुपर्दा स्थायिनलाई धेरै असहज भएको छ  । पुल निर्माण सम्पन्न भएपछि सहज हुनेछ,’ उनले भने । पुलको सोमबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास गरे ।

शिलान्यास गदै मन्त्री गुरुङले नागरिकका आवश्यकतालाई प्रदेश सरकारले महसुस गर्न थालेको बताए । राजनीतिक दलबीच मतभेद रहेपनि विकास निर्माणका सवालमा एकजुट हुनुपर्ने उनको भनाई थियो ।‘विकासमा पक्ष–प्रतिपक्ष नबनौं,’ उनले भने । प्रदेश सभा सदस्य रामबहादुर गुरुङले प्रदेश सरकारले विकासका पूर्वधारमा उल्लेख्य प्रगति गरेको बताए । जिल्ला समन्वय समिति तनहँुका प्रमुख शान्तिरमण वाग्लेले पुल निर्माण भएपछि झापुटारको विकासक्रम बढ्ने बताए । प्रमुख जिल्ला अधिकारी सागर आर्चाय विकास निर्माणमा प्रशासनबाट आवश्यक शान्ती सुरक्षाको प्रत्याभूति गराउने बताए ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले मोटरेबल पुल बनाउन लागेको हो । कार्यालयका प्रमुख ओमराज ढुङ्गाानाका अनुसार ३२ करोड ४० लाख २७ हजार ३ सय ९४ रुपैयाँमा पुल निर्माण हुन लागेको हो । पुलको लम्बाइ एक सय ५४ मिटर र चौडाइ ९.५० मिटर रहने छ । पुल २०८० जेठ ९ गते सक्ने रसुवा इलाइट जेभी काठमान्डौं सँग सम्झौता छ । पुल निर्माणका लागि चालु वर्षमा चार करोड ५० लाख विनियोजना भएको छ ।

Show More

Related Articles

Back to top button