हेडलाईनसमाचार

भिमाद नगरपालिकाद्धारा ६६ करोडको वजेट सार्वजनिक

दमौली खबर संवाददाता
तनहुँ, साउन १७ ।  तनहुँको भिमाद नगरपालिकाले  आर्थिक वर्ष ०७९÷०८० को लागि ६६ करोडको बजेट पारित गरेको छ । प्रतिनिधिसभा सदस्य केदार सिग्देलको प्रमुख आतिथ्यतामा र नगर प्रमुख दधिराज सुवेदीको अध्यक्षतामा १२ आंै नगरसभावाट स्वीकृत वजेट अन्र्तगतको वाषर््िाक नगर विकास वाट पारित सो वजेट सार्वजनिक गरिएको  छ ।
आार्थिक विकास, समाजिक विकास, पुर्वाधार विकास, सूशासन तथा अन्तर सम्वन्धित क्षेत्रमा वजेट विनियोजन गरिएको छ । आर्थिक विकास क्षेत्र अन्र्तगत कृषि क्षेत्रमा ९३ लाख, पशुपन्छी विकासमा ५८ लाख र उद्योगमा रु ३५ लाखगरी कुल १ करोड ८६ लाख वजेट विनियोजन भएको छ । शिक्षा क्षेत्रमा २१ करोड ६४ लाख, स्वास्थ्यमा ३ करोड ४६ लाख, लैङ्गिक समानता तथा समाजिक समावेशीकरणमा १३ लाख ४ हजार,  र खानेपानी तथा सरसफाईमा १ करोड ४७ लाख विनियोजन गरिएको छ ।
      यसैगरि पुर्वाधार तर्फ यातायातपुर्वाधारमा १ करोड ३० लाख, भवन आवास तथा शहरी विकासमा १ करोढ २ लाख र उर्जामा ८ लाख गरि कुल २ करोड ४० लाख विनियोजन भएको  छ । यसैगरी शुसासन तथा अन्तर समवन्धित क्षेत्रमा प्रशासककिय सूशासनमा ३ लाख, श्रम तथा रोजगारीमा ७६ लाख विनियोजन भएको छ ।
वजेट सार्वजनिक कार्यक्रमलाई सम्वोधन गर्दै प्रतिनिधीसभा सदस्य केदार सिग्देलले वजेट कार्यन्वयनको पाटो महत्वपुर्ण भएको हुदाँ ईमान्दारिता साथ काम गर्न आग्रह गर्नु भयो । कार्यक्रममा नेपाली काँग्रेस तनहुँका सभापति जीतप्रकाश आले, संविधान सभा सदस्य टुकराजसिग्देल, निबर्तमान नगर प्रमुख मेखबहादुर थापा नगरपालिकाका उपप्रमुख शारदा खनाल लगायतले सवैको साथ र सहयोगले समृद्ध भिमाद निर्माण गरिने हुदाँ योजनको कार्यन्वयनमा ध्यान दिनु पर्नेमा जोड दिनु भएको थियो ।
Show More

Related Articles

Back to top button