हेडलाईनसमाचार

नेता गोविन्दराज जोशी गृह जिल्लामा कार्यकर्ता भेटघाटमा व्यस्त

दमौली खबर संवादाता
  दमौली १७ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री जोशी मङ्गलबार गृह जिल्ला आउनु भएको छ ।
नेता जोशी साउन १७ गते देखि २४ गते सम्म गृहजिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन गृह जिल्लामा आउनु भएको हो । जिल्ला भ्रमणको क्रममा नेता कार्यकर्ता भेटघाट  तथा विभिन्न कार्यक्रममा सहभागी हुनु हुने भएको छ ।  नेता जोशी पाहिलो दिन दमौली स्थित आफ्नै निवासमा कार्यकर्ता भेटघाटमा व्यस्त हुनु भएको छ । मंगलबार झरी परेपछि छिचोल्दै भेट्न आाउनेहरुको भिड लागेको थियो ।  नेता जोशी आज बुधबार मातृशोकमा पर्नु भएका शिक्षक महेन्द्रराज शर्मालाई व्यास नगरपालिका–१२ कमलबारीमा भेटघाट कार्यक्रम रहेको छ । त्यसै गरी बुधबार बन्दीपुरमा कार्यकर्ता भेटघाट कार्यक्रम रहेको छ । नेता जोशी विपी विचार समाजका साउन १९ गते  दमौलीको सन्तोष होटलमा हुने १२ औं साधरण सभा तथा छैंटो अधिवेशनको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।
कार्यक्रमको तयारी पुरा भएको र पूर्वमन्त्री जोशी लगायतका नेताहरुले उद्घाटन गर्ने समाजका सचिव हरिशरण पण्डितले बताउनुभयो । नेता जोशी साउन २१ गते दमौलीमा उद्योग वाणिज्य संघको हलमा  आफ्नो समुहले गर्ने वृहत सम्मेलनको उद्घाटन कार्यक्रम रहेको छ । संघ तथा प्रदेश चुनावको रणनीति र स्थानीय तहको चुनावको समिक्षाको लागि भेलाको आयोजना गरिएको जोशी समुहले जनाएको छ ।
१९ वर्ष देखि सत्ता बाहिर रहनु भएका जोशी विकासवादी नेताको रुपमा जिल्लामा सूपरिचित हुनुहुन्छ । उहाँको समयमा शिक्षा, स्वास्थ्य, विद्युत्तिकरण, रोजगारी, सडक जस्ता क्षेत्रमा अभूतपूर्व विकास भएको थियो ।
सोही समयको नेता जोशीको विकास प्रतिको काम र पार्टी प्रतिको संगठनलाई तनहुँवासीले सम्झिने गर्दछन् । नेता जोशी आगामी संघीय चुनावमा कांग्रेसको तर्फबाट सङ्घीय चुनावमा उठ्ने र पार्टीले टिकट नदिएमा जनताको तर्फबाट चुनाव उठ्ने घोषणा गरिसक्नु भएको छ । नेपाली कांग्रेस तनहुँका सस्थापक सचिव हुँदै केन्द्रमा सहमहामन्त्री समेत बनी सक्नु भएका नेता जोशीलाई वर्तमान पार्टी नेतृत्वले अन्यायपूर्ण ढंगले साधरण सदस्यता समेत नरहने गरी गरिएको कारबाहीमा तनहुँ कांग्रेसका नेता तथा कार्यकर्ता रुष्ठ छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जोशी समुह नेकपा एमालेसँग मिलेर स्वतन्त्र उम्मेदवारी दिएको थियो ।
Show More

Related Articles

Back to top button