हेडलाईनसमाचार

समयमै काम पुरा गर्न सांसद सिग्देलको निर्देशन

दमौली खबर संवाददाता
तनहुँ, साउन १७ । प्रतिनिधी सभा सदस्य केदार सिग्देलले मङ्गलबार विभिन्न योजनाको अनुगमन तथा निरिक्षण गर्नु भएको छ ।
      सङ्घीय सरकारवाट विनियोजित वजेट मध्ये खैरेनीटार, भिमाद, कावासोती राजमार्ग, सिग्दी खोला पुल मालेवगर, पक्की पुललाई छुट्टयाईको वजेट र भईरहेको कामको वारेमा निरिक्षण तथा अनुगमन गर्नुभएको हो । यसैगरी जनज्योति क्याम्पस भिमादमा क्याम्पसमा भएको समस्या, प्रगति विवरण र शिक्षाको विषयमा विद्यालय व्यवस्थापन समिती, प्रधानाध्यापक र सरोकारवालासँग  सांसद सिग्देलले छलफल गर्नु भएको थियो । सो निरिक्षण कार्यक्रममा भिमाद नगरपालिकाका नगरपालिकाका प्रमुख दधिराज सुवेदी, उपप्रमुख शारदा खनाल सहभागी हुनु भएको थियो ।
      यस्तै सांसद सिग्देलले भिमाद, सिस्नेरी, भागर मोटरमार्गमा रहेको छिउदी खोलामा मोटरमार्ग पुलमा भएको वजेट विनियोजनको काम, प्रगति विवरण र अवको कामको वारेमा सरकोकार वालासँग समन्वय गरि काम छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको थियो । वजेट निकासा हुने तर समयमा काम सम्पन्न नहुने राष्ट्रिय समस्या भएको हुदाँ यसले आम जनताको जनजिविकामा गम्भिर असर परेकोले समयमा काम सम्म गर्न निर्देशन दिनुभएको थियो । विकास निर्माणमा ढिलासुस्तीले यसको लगानीमा समेत समस्या परेको हुदाँ त्यसमा सवैले सजगता अपनाउनुपर्ने सांसद सिग्देलले बताउनुभयो ।
Show More

Related Articles

Back to top button