Uncategorized

केही समस्या भए आफुलाई सम्झन सांसद श्रेष्ठको आग्रह

दमौली खबर संवाददाता
चैत १३ दमौली

प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले लकडाउनको बेलामा तनहूँका जनतालाई दैनिकी चलाउन समस्या परे आफुलाई सम्झन आग्रह गरेका छन्  । सांसद श्रेष्ठले बुधबार प्रेस विज्ञप्ति प्रकाशित गरि लकडाउनको अवस्थामा निम्न वर्गका जनताको दैनिकी निकै कष्टकर र कठिनाई भएको आफुले महसुस गरेपनि जनताको दुःखमा साथ दिन भौतिकरुपमा उपस्थित हुन नसकेको भन्दै केही समस्या परे आफुलाई सम्झन अनुरोध गरेको हुन् ।

सांसद श्रेष्ठले आफ्नो मोवाइल नम्बर ९८५१०३८५३५ र ९८५६०४८५३५ स्वकिय सचिव जगत खड्काको मोवाइल नम्बर ९८४१४२४९६१ मा फोन गरि आफ्नो समस्या बताएमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । । विज्ञप्तिमा सांसद श्रेष्ठले लकडाउनको अवधिमा दिनभरी काम गरेर विहान र बेलुकीको छाक टार्न बाध्य हुने निम्न वर्गका श्रमजिवी वर्गका नागरिकहरुलाई निकै कष्ट भएको आफुले महशुस गरेको बताएका छन। । तर लकडाउनको यो अवस्थामा जनताको दुःख र कठिनाईमा साथ दिनकोलागि भौतिकरुपमा उपस्थित हुन नसकेको भन्दै सांसद श्रेष्ठले देशको अवस्था सामान्य भईसकेपछि पक्कै पनि यहाँहरुको अवस्था बुझ्न र साथ दिन आउने प्रतिबद्धता गरेको छन । । यो कठिनाईपुर्ण अवस्थामा तनहूँ जिल्लाका निम्न वर्गका नागरिकहरुलाई त्यस्तो कठिनाई परेको र दैनिक जिवन गुर्जान कठिन भएको भए यहाँहरुकै अभिभावक र यहाँहरुको जनप्रतिनिधिकोरुपमा सम्झी सम्पर्क गर्नुहुन सांसद श्रेष्ठले अनुरोध गरेको हुन् । ।

Show More

Related Articles

Back to top button