Uncategorizedपत्रपत्रिकाबाट

तरकारी कृषकको समस्या बारे चासो लिदै सांसद श्रेष्ठ

मदन तिमल्सेना
तनहुँ, बैशाख ५ गते

तनहुँ जिल्ला क्षेत्र नं १ का सांसद कृष्ण कुमार श्रेष्ठ किसानले तनहुँ जिल्ला आबु खैरेनी गाउपालिका वडा नं १ मा रहेको बरादीका किसानहरुसग लकडाउनको समयमा तरकारी खेति तर्फ परेका समस्याहरुका वारेमा टेलीकन्फेरेन्स मार्फत चासो व्यक्त गर्नुभएको छ । शुक्रबार आवुखैरेनीको बरादीमा रहेको मिलिजुली कृषि उत्पादक सहकारी संस्थाको आयोजनामा भएको कार्यक्रममा सांसद श्रेष्ठको समन्वयमा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा तरकारी बालीको समयमा लकडाउन भएको कारण कृषकको तरकारी बजार जान नसकेको र बजार पनि नपाएको अवस्थामा कसरी कृषकको उत्पादन बिक्री गर्न सकिन्छ भनेर चासो तथा चिन्ता व्यक्त गरिएको थियो ।

 

उक्त अवसरमा भिडियो कन्फरेन्स मार्फत श्रेष्ठले सहकारीका अध्यक्ष ईश्वर बाबु गौली तथा आवुखैरेनी गाउपालिकाका प्रशासकीय अधिकृत दिपक रेग्मी सग सम्वाद गर्दै कृषकको समस्या समाधान गर्न पहल गरिरहेको बताउनु भयो र त्यस क्षेत्रको तरकारी तनहुँ जिल्लामा नै खपत गराउन आफुले सबै व्यापारी तथा जनप्रतिनिधिहरुसग पहल गरिरहेको बताउनुभएको
थियो । उक्त कार्यक्रममा आवुखैरेनी गाउपालिका का प्रशासकीय अधिकृत दिपक रेग्मी, ईलाका प्रहरी कार्यालय आवुखैरेनीका प्रमुख प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदी , सांसद श्रेष्ठका स्वकिय सचिव जगत खड्का, सांसद श्रेष्ठ सांसद सचिवालयका सचिव अनिल पाण्डे, तरकारी व्यावसायी संघ तनहुका अध्यक्ष विजयराज पौडेल, व्यास नगरपालिका वडा नं ३ का वडा सदस्य रविन पौडेल, मिलिजुली कृषि उत्पादक
सहकारी संस्थाका पदाधिकारीहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । उक्त अवसरमा उपस्थित महानुभावहरुले यहाको तरकारीलाई तनहुँ जिल्लामा नै बिक्री वितरणको लागि सहजीकरण गर्नको लागि स्थानीय निकाय, तनहुँ उध्योग बाणिज्य संघ अन्तर्गतका विभिन्न बजार ईकाई, दमौली , आवुखैरेनी, डुम्रे, खैरेनीटार, दुलेगौंडा, भिमाद लगायतका वजारका व्यापारीहरुसग छलफल गरिने बताउनुभएको थियो साथै तरकारी तथा किसानका अन्य समस्याहरुलाई पनि छिट्टै सामाधान गरि बारीमै कुहिन लागेको तरकारी जोगाउनु पर्ने कृषक तथा संस्था कि उपाध्यक्ष तुलसीमाया पन्तको भनाई रहेको थियो ।

Show More

Related Articles

Back to top button