समाचार

बस पल्टिँदा ७ जना घाइते

दमौली खबर संम्बददाता

साउन २६, दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–५ कन्टारमा सोमबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ४२१५ नम्बरको बस अनियन्त्रित भई सडकबाट २० मिटर तल खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा परि बस चालक पोखरा महानगरपालिका–२३ विजयपुर बस्ने ५० वर्षीय नविनकुमार केसी, व्यास नगरपालिका–१० बस्ने २९ वर्षीया अप्सरा पौडेल, म्याग्दे गाउँपालिका–६ बस्ने ३५ वर्षीय दिपक विक, उनका छोरा ११ वर्षीय विश्वास विक, म्याग्दे गाउँपालिका–४ बस्ने ८० वर्षीय आइतमाया नेपाली, शुक्लागण्डकी नगरपालिका–९ बस्ने २८ वर्षीय सविन ठकुरी र भानु नगरपालिका–४ बस्ने २७ वर्षीय राजकुमार विक घाइते भएका छन् ।

घाइतेमध्ये २९ वर्षीया अप्सरा पौडेलको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि पोखरा रिफर गरिएको तनहँु प्रहरीका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । अन्य घाइतेको दमौलीस्थित अस्पतालमा उपचार पश्चात घर फर्किएका छन् ।

Show More

Related Articles

Back to top button