समाचारबन्दीपुर

काँग्रेस नेता जोशी बन्दिपुरमा


नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री एवं गृहमन्त्री गोविन्दराज जोशीले नेपाली काँग्रेस बन्दिपुरका नेता तथा कार्यकर्ताहरुलाई बिहिबार भेटघाट गरेका छन् । भेटघाटको क्रममा नेपाली काँग्रेस बन्दिपुर वडा नं. ६ का वडा अध्यक्ष सन्तबहादुर गुरुङको दाई प्रेमसिंह गुरुङ बन्दिपुर अस्पतालमा बिरामी अवस्थामा रहेका छन् । उनलाई अस्पतालमा नै भेटी स्वास्थ्य लाभको कामना गरेका हुन् । त्यसपछि उनले बन्दिपुर बजारमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुलाई भेटघाट गरे ।

भेटघाटको क्रममा बन्दिपुरवासी नेता तथा कार्यकर्ताहरुले अन्तरक्रिया कार्यक्रमको आयोजना गरि देश र जिल्लाको बारेमा छलफल गरेका थिए । छलफलको क्रममा बोल्दै नेता जोशीले भने, ‘अहिले बनेको संविधानमा कानुनी हिसाबले बोल्दा प्रधानमन्त्रीलाई बलियो बनाएको छ । जनतामाझ ताजा जनादेश दिएर जानको लागि कुनै फरक पर्दैन तर प्रधानमन्त्रीको लागि विश्वासको प्रस्ताव प्राप्त भए दुई वर्ष र अविस्वासको प्रस्ताव प्राप्त भए एक वर्ष सो तह चल्ने व्यवस्था छ, यसो हुँदा प्रधानमन्त्रीलाई राम्रो र प्रजातन्त्र बलियो हुन्थ्यो भन्ने हो तर देशको परिवेश कता तिर जाँदैछ केही थाहा छैन ।’

यस्ता अन्योल र भ्रमलाई चिर्नको लागि वडा स्तर देखि नै कृयाशिल सदस्यहरु तेरो र मेरो नभनि बाँड्ने, त्यहि क्रियाशिल सदस्यहरुबीच बाट स्थानिय तहका लागि र पाटिका लागि प्रतिनिधि छनौट गर्ने भयो भने सक्षम र राम्रो नेतृत्व पाउन सकिन्छ नत्र समस्य जटिल बन्दै जाने नेता जोशीले उक्त छलफलमा बताए । उनका अनुसार देशभरी काँग्रेसले संगठन बलियो पार्न र एकजुट भएर जानको लागि सबै काँग्रेसलाई मिलाएर गयो भने राम्रो हुने यदि नमिलाएमा अहिलेको भन्दा पनि कम सीट आउने बताएका छन् ।

यसै सन्दर्भमा उक्त छलफल कार्यक्रममा जनजाति नेता सुकुम गुरुङले तनहुँमा जनजातीलाई काँग्रेसले संवोधन गरेन भने केही काँग्रेस तल पर्ने कुरा जोशीले बताए । जिल्ला सदस्य विपिन गुरुङ, पूर्व जिल्ला सदस्यहरु प्रेम बानिया, परमेश्वर भट्टराई, दलित संघ जिल्ला उपाध्यक्ष राम कृष्ण सुनार, ट्रेड यूनियन काँग्रेसका जिल्ला सदस्य घनश्यम पौडेल, दलित संघका जिल्ला सदस्य तिर्थ नेपाली, यूवा नेता कमल पण्डित, समाज सेवी मणिकुमार प्रधान शिवलाल प्रधान, कृष्ण पिया शिक्षक संघ बन्दिपुर अध्यक्ष दीपबहादुर खत्री, राजु वानिया, बन्दिपुर वडा नं. २ का अध्यक्ष गोकर्ण वानिया, रा.प्र.पा.का नेता गोवर्धन भट्टराई, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि राजु भण्डारी, राजकुमार श्रेष्ठ लगायतले बोलेका थिए ।

Show More

Related Articles

Back to top button