दमौली खबर संवाददाता
माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन तनहुँमा ४३ जना परीक्षार्थी अनुपस्थित भएका छन् । कुल पाँच हजार चार सय ६२ परीक्षार्थी मध्ये सो सङ्ख्यामा उपस्थित नभएको शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख उद्धवराज कट्टेलले बताउनुभयो ।
कट्टेलका अनुसार छात्र २२ र छात्रा २१ गरी ४३ जना अनुपस्थित भएका हुन् ।
तनहुँका २६ वटा परिक्षा केन्द्र कायम गरिएको छ । सबै परिक्षा केन्द्रमा पहिलो दिनको परिक्षा शान्तिपूर्ण वातावरण सम्पन्न भएको कट्टेलले जानकारी दिनुभयो । उहाँका अनुसार तनहुँ कारागारबाट एक जना सहभागी भएका छन् ।
अपाङ्ग एक जनालाई एक घण्टा समय थपको सुविधा प्रदान गरिएको छ भने लेख्न नसक्ने एक जनालाई सहयोगीको सहायतामा परिक्षा दिनु भएको छ ।
पहिलो दिन अनिवार्य अंग्रेजीको परिक्षा भएको थियो । आज शुक्रबार नेपाली विषयको परिक्षा हुँदैछ ।



