Uncategorizedजीवनशैली

बन्दाबन्दीका कारण अझै सोचे अनुरुपको राजश्व संकलन भएन

जिल्ला ट्राफिक कार्यालय तनहुँले आर्थीक वर्ष ०७६÷ ०७७ मा विभिन्न किसिमका २१ हजार एक सय ५० सवारी साधनलाई कारबाही गरेको छ । उक्त सवारीसाधनलाई कारबाही गर्दा रु.एक करोड ३४ लाख ५१ हजार राजश्व संकलन गरेको छ । आर्थिक बर्ष ०७७÷०७८ को साउन महिनामा मात्रै रु.नौ लाख ५६ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको छ ।

ट्रक,बस,मोटरसाइकल,जीप लगायतका गरी चौधसय सवारीलाई कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालय तनहुँका इन्चार्ज रेशम बहादुर रानाभाटले जानकारी दिए । बन्दाबन्दीका कारण अझै सोचे अनुरुपको राजश्व संकलन गर्न नसकिएको उनले बताए । मोटरसाइकल ६ सय ६४,ट्रक टिप्पर तीन सय ११,कार जीप तीन सय १२,ट्याक्टर ५६,बस ५०,अन्य सात वटा सवारीलाई कारबाही गरिएको छ । त्यसैगरी,आर्थीक वर्ष ७५÷७६मा २६ हजार ६ सय ४६ लाई कारबाही गर्दा रु.एक करोड ६६लाख ९४ हजार पाँच सय राजश्व संकलन गरेको छ ।

त्यसैगरी आर्थिक बर्ष ७४÷७५ मा २६ हजार तीन सय ७६ सवारीलाई कारबाही गर्दा.एक करोड ६९ लाख २६ हजार पाँच सय राजश्व संकलन गरेको थियो । ट्राफिक नियम बिपरीत चलाउने सवारी साधानलाई कारबाही गर्दा उक्त राजश्व संकलन भएको हो । यसरी कारबाही गरिएकोमा सबैभन्दा बढि मोटरसाइकल सवारीसाधान नियम उल्लघन गरी सवारी चलाएको तथ्याङ्कमा उल्लेख छ ।

केहि दिन देखि तनहुँ ट्राफिक प्रहरीले आदारसत्कार अनुरुप नमस्कार अभियान थालेपछि चालक तथा आमनागरिक दङ्ग पर्न थालेका छन् । सवारी साधान चेकिङ् गर्दा यस अघि गरिने ट्राफिक प्रहरीको व्यवहार एकाएक सुधारोन्मुख भएपछि आमनागरिकहरु समेत सचेत हुन थालेका छन् । आमनागरिकसंगको सम्बन्धलाई प्रगाढ बनाउँदै शिष्टता र सभ्यतालाई अनुशरण गर्दै ट्राफिक प्रहरीको सेवा प्रवाहलाई सभ्य र राम्रो बनाउने उद्देश्यले नमस्कार अभियान थालिएको हो ।

प्रदेश ट्राफिक कार्यालयको निर्देशनमा गण्डकी प्रदेशका ११ वटै जिल्लामा निर्देशन भैसकेको उहाँले बताउनुभयो । उक्त निर्देशन जारी भएपछि अधिकाँश जिल्लाले यस अभियानलाई व्यवहारमा लागु गरिसकेको छ । प्रहरीको पछिल्लो समयको बोली,बचन र व्यवहारले आमनागरिकहरुलाई समेत अनुशासन र थप जिम्मेवारी बनाएको व्यासनगरपालिका–२ निवासी डेन्टल हाइजेनिष्ट भरत पोख्रेलले बताए ।

यस अभियान अन्र्तगत चेकपोष्ट,सीमानाका र कार्यालयमा बसेर सेवा प्रदान गर्ने ट्राफिक प्रहरी,कर्मचारीले सेवाग्राहीलाई आदारयुक्त सम्बोधन सहित नमस्कार गर्दै तोकिएको कानुन बमोजिमको काम सम्पन्न गरी अन्त्यमा पुन नमस्कार गरेर बिदाई गर्नुपर्ने प्रावधान रहेको छ । ट्राफिक प्रहरीले आमनागरिक माथि हुने गरेको दुव्र्यवहारको आरोपलाई चिर्दै उनीहरुको आचारणमा फरकपन दिनको लागि यो अभियान थालिएको हो ।

आमनागरिक प्रति उत्तरदायित्व भएर आफ्नो भूमिका निर्वाह गर्न तनहुँका ट्राफिक प्रहरी प्रतिबद्ध भएर लागेको जिल्ला ट्राफिक इन्चार्ज रानाभाटले बताए । यस अभियानलाई निरन्तरता गरी चेकिङ कार्यलाई कडाई गर्दै अघि बढ्ने योजना रहेको उनले जानकारी दिए ।

Show More

Related Articles

Back to top button