Uncategorized

लागुऔषध सहित युवक पक्राउ

दमौली खबर सम्बाददाता
फागुन २७, दमौली । दमौली, तनहँुको व्यास नगरपालिका वडा नं २ अमरापुरी बाट लागुऔषध सहित २६ बर्षे सन्तोष गुरुङ पक्राउ परेका छन्। भादगाउँ बाट दमौली बजार तर्फ आउदै गरेको ग १५ प २७७७ नंं को पल्सर मोटरसाइकललाई रोकी चेकजाँच गर्दा लागुऔषध सहित गुरुङलाई जिल्ला प्रहरी कार्यालय तनहँुले पक्राउ गरेको हो । व्यास नगरपालिका वडा नं ४ घर बताउने गुरुङले शंकास्पद हरकद देखाएकोले उनलाई चेकजाँच गर्ने क्रममा ४३ थान डाईजेपामको शिशी , ४२ थान फेनरागनको शिशी , ४२ थान नुफिनको शिशी लागु औषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहँुका प्रवक्ता लिलाराज लामिछानेले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान जारीरहेको प्रहरीले जनाइएको छ।

Show More

Related Articles

Back to top button