Uncategorizedजीवनशैली

भानुमा तेस्रो चरणको निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय तनहुँले यहाँको दश पालिका मध्ये भानुनगरपालिका नगरपालिकामा मात्रै निषेधाज्ञा जारी गरेको छ । उक्त नगरपालिकाको तेह्र वटै वडाहरुमा भदौ २४ बुधबार देखि मसान्त सम्मको लागि निषेधाज्ञा जारी गरेको हो ।

कोभिड १९– समुदायस्तरमा फैलिदै गएको र नियन्त्रणमा नआएकोले निषेधाज्ञालाई निरन्तरता दिइएको हो । यसअघि नगरपालिका क्षेत्रमा भदौ १ गते देखि २४ गते सम्मको लागि निषेधाज्ञा जारी गरिएको थियो । जिल्लाका अन्य नौ पालिकामा भने निषेधाज्ञा र बन्दाबन्दी हटेको छ । बन्दाबन्दी हटेपनि सजकता भने अपनाउन भनिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए ।

उक्त क्षेत्रमा संक्रमितको संख्या थप भैरहेको अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । उनका अनुसार अत्यावशयक सेवा,स्वास्थ्य,सरसफाई र बिपद् व्यवस्थापन सेवासंग संम्बन्धित कार्य,सरकारी कार्यालय र सार्वजनिक निकायका नियमित कार्यहरु संञ्चालन गरिने छ ।

राष्ट्रिय राजमार्गमा संञ्चालन हुने सवारी साधान,स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सामाजिक दुरी कायम गरी औषधी, खाद्य, फलफूल ,तरकारी र दुग्धजन्य, एम्बुलेन्स, शवबाहन, खाद्य ढुवानी, कुखुराका चल्ला, माछा मासु, तरकारी, इन्धनबोको सवारी साधान, कुटनीतिक नियोग, झण्डावाला सवारी, सरकारी नंम्बर प्लेट,संञ्चारकर्मीको सवारी साधान र प्रशासन कार्यालयबाट जारी सवारी पासलाई भने निर्वाध रुपमा संञ्चालन गर्न पाइने छ ।

त्यसैगरी,बैक तथा बित्तिय संस्थाबाट प्रदान गरिने बाह्य सेवाहरु,सामाजिक संघसंस्थाले संञ्चालन गर्ने कोभिड– १९ नियन्त्रण एवं स्वास्थ्य सुरक्षा बाहेक अन्य कार्यहरु,उद्योग कलकारखाना र अन्य व्यवसायहरु भने संञ्चालन गर्न निषेध गरेको छ ।

जिल्लाको व्यासनगरपालिका, भिमाद, शुक्लागण्डकी नगरपालिका र देवघाट,आँबुखैरेनी,म्याग्दे,ऋषिङ,घिरिङ र बन्दिपुर गाउँपालिकामा यस अघि गरिएको निषेधाज्ञा तथा बन्दाबन्दी हटिसकेको छ । निषेधाज्ञा हटाइएपनि नेपाल सरकारले निषेधाज्ञा गरेको बाहेक संञ्चालन गरिएको प्रशासन कार्यालयले जनाएको छ । व्यासनगरपालिकामा बिहान ७ बजे देखि बेलुका ७ बजेसम्म र बन्दिपुर गाउँपालिकामा बिहान देखि दिउँसो २ बजे सम्म व्यपार व्यवसाय संञ्चालन गर्न अनुमति प्रदान गरिएको प्रजिअ आचार्यले बताए ।

Show More

Related Articles

Back to top button