Uncategorized

पोखरा–मुग्लिन सडक विस्तारमा चिनिया र भारतीय कम्पनीको चासो

दमाली खबर संवाददाता
फागुन १०

मुग्लिन पोखरा सडक विस्तारका लागि चिनिया र भारतीय ३५ कम्पनीले चासो देखाएका छन् । पोखराबाट पूर्वखण्डमा १८ र आबुखैरेनीबाट पश्चिम खण्डमा १७ कम्पनीले आवेदन बुझाएका हुन् ।२ वटा प्याकेज बनाएर ४०र४० किलोमिटरमा विस्तार गरिने ८० किलोमिटर सडकका दुई वटै प्याकेजमा एउटा भारतीय र बाँकी चिनिया कम्पनीले प्रस्ताव पेस गरेको खबर आजको समाधान दैनिकमा छ ।२५ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको सडक निर्माण गर्ने कम्पनीको छनोट २०७७ को मंसिरसम्मा गरि ठेक्का प्रक्रिया अघि बढाइनेछ । गएको कात्तिक २१ गते आह्वान गरिएको बोलपत्रमा माघ १६ भित्रमा प्रस्ताव पेस गर्ने अन्तिम मिति तोकिएको थियो ।

 

Show More

Related Articles

Back to top button