विचारUncategorized

तनहँुको पाँच पालिकामा थपिए १५ संक्रमीत

तनहँुमा बुधबार पाँच पालिकामा १५ जना कोरोना संक्रमीत थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको अनुसार व्यास, भिमाद,भानु, आँबुखैरेनी र देवघाटमा गरि १५ कोरोना संक्रमित थपिएका छन् । जसअनुसार व्यासमा ६ जना कोरोना संक्रमीत थपिएका हुन् । व्यास नगरपालिकाको वडा नं २ का ५३ वर्षीय, वडा नं ३ का २३, वडा नं १० का ४८ र पाँच वर्षीया पुरुष र १८, ४९ वर्षीया महिला गरि ६ जना संक्रमीत थपिएका हुन् । कोरोना संक्रमीत मध्ये व्यास १० का ४८ वर्षीय पुरुष विद्युत प्राधिकरणका कर्मचारी हुन् ।

त्यस्तै भिमाद नगरपालिकामा तीन जना संक्रमीत थपिएका छनन् । जसमा वडा नं १ का २६ वर्षीय पुरुष, वडा नं ३ का ३६ र २६ वर्षीया पुरुष रहेको छन् । त्यस्तै भानु नगरपालिकामा दुई जना कोरोना संक्रमीत थपिएका छन् । जसमा वडा नं २ र ५ का २८, ३६ वर्षीया पुरुष रहेका छन् । आँबुखैरेनी गाँउपालिकाको वडा नं ३ का ३३ र ८ वर्षीया महिला, वडा नं २ का ५९ वर्षीय पुरुष रहेका छन् । त्यस्तै देवघाट गाँउपालिका वडा नं ५ का ५३ वर्षीय पुरुष रहेका छन् ।

Show More

Related Articles

Back to top button