Uncategorizedजीवनशैली

पाँच अटोरेक्सा कारबाहीमा

दमौली
दमौलीमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नलिई सवारी साधन चलाउने पाँच अटोरेक्सालाई ट्राफिकले कारबाही गरेको छ । विभिन्न स्थानमा चेकजाँच गर्दा जिल्ला ट्राफिक प्रहरी तनहँुले चालकलाई कारबाही गरेको हो ।उक्त अटोरेक्सा पवित्र कालिका यातायात प्रालिले दमौलीमा संचालन गर्दै आईरहेका हो । करिब ४ बर्ष अघिबाट संचालनमा आएको पवित्र कालिका यातायात प्रालिले दमौली आसपासको छोटोदुरीका सेवाग्राहीलाई सेवा दिदै आएको छ । दमौली देखि कलेस्ती, बेलबास, मोहोरियाटार, छाब्दी लगायत छोटो दुरीमा चल्दै आएको छ । ट्राफिक प्रमुख रेशमबहादुर रानाभाटले कानुनको परिपालना नगरी अनधिकृत रुपमा लुकिछिपी सवारी साधन चलाउनेको संख्या धेरै रहेको बताउँछन् । “विना लाइसेन्स भित्री सडकमा सवारी साधन चलाउने चालक धेरै छन्, ट्राफिक प्रहरीले यस्ता चालकमाथि विशेष अभियान चलाएको छ,” उनले भने । उनका अनुसार लाईसेन्स नभएका लाई प्रति २ हजारका दरले कारबाही गरिएको छ । उक्त रेक्सालाई लाइसेन्स् भएको व्यक्तिलाई जिम्मा लगाइै छाडेको उनले बताए । चालक समुहको अध्यक्ष रमेश न्यौपानेका अनुसार सबैको लाइसेन्स्को प्रोसेश भइरहेको र लक डाउनले गर्दा लाइसेन्स् आउनमा समय लागेको बताएका छन् । उनका अनुसार हाल कारबहीमा परेकालाई लाइसेन्स् नआए सम्म संचालनमा रोक लागाइएको छ । दमौलीमा करिब २५ वटा अटो रिक्सा संचालनमा छन् ।

Show More

Related Articles

Back to top button