Uncategorized

बन्दिपुरमा दुई सय मजदुर परिवारलाई खाद्यन्न सामग्री वितरण

दमौली खबर संवाददाता
चैत १८ दमौली
लकडाउनको प्रत्यक्ष मारमा परेका बन्दिपूर गाँउपालिका १ का दुई सय परिवार मजदुरलाई खाद्यन्न सामग्री वितरण गरिएको छ । आईतवार गाँउपालिका अध्यक्ष पूर्णसिं गुरुङसहितको टोलीलेल प्रत्येक मजदुर परिवारलाई ३० केजी चामालवितरण गरेको हो । यी सामग्रीले १५ दिनलाई पुग्ने गाँउपालिकाले जनाएको छ । लकडाउनको समयमा वडामा बसोबास गर्दै आएका कोही मजदुर भोको पेट बस्न नपर्ने वडा अध्यक्ष भानुभक्त पोख्रेलको दाबी छ। वडा बासीलाई स्थानिय सरकार छ भनिन दिलाउन हरेक विपतमा सहयोग गर्ने गरेको बताए ।
दिनभर श्रम गरेर बेलुकाको छाँक टार्ने विपन्न मजदुरका परिवार लकडाउनले काममा निस्कन नपाएको अवस्था छ। घरमा खाद्यन्न मौज्दात नुहदाँ भोकै बस्नुपर्ने अवस्था आएको स्थानिय मजनुदर महिला तुलमाया मगरले बताईन् । अहिले विपत् पर्दा स्थानिय सरकार रहेको अनुभुती भएको उनले बताईन् । सबैलाई लकडाउन अवधिभर पुग्नेगरी खाद्यन्नका सामग्री दिने वडाध्यक्ष पोख्रेरलले जानकारी दिए।

Show More

Related Articles

Back to top button