हेडलाईनसमाचार

पूर्व महानिरीक्षक खनाल एमाले प्रवेश

दमौली खबर संवाददाता
 तनहुँ असोज ६  । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल बिहीबार नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई पार्टी प्रवेश गराउनु भएको थियो । पार्टी प्रवेश गर्दै पूर्वआइजीपी खनालले अध्यक्ष ओली जत्तिको नेपालमा अर्को कुनै नेता नभएको बताउनु भएको थियो ।
खनाल एमालेको सरकार भएकै बेला आईजीपी बन्नु भएको थियो । पूर्व महानिरीक्षक खनाल तनहुँको भानु नगरपालिकाको सिम्पानीमा जन्मनु भएको थियो । पूर्व आईजिपी खनाल सांसद अपहरण गरेको काण्डमा मुछिएका थिए । २०७७ सालमा कोरोना महामारी रोकथामका लागि लकडाउन गरिएका बेला खनाल, एमाले नेता महेश बस्नेत र तत्कालिन एमाले नेता हाल नेकपा एकिकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ किसानले धनुषा पुगेर जनता समाजवादी पार्टीका नेता डा. सुरेन्द्र यादवलाई काठमाडौं ल्याएका थिए । त्यतिबेला जसपाले आफ्नो सांसदलाई अपहरण गरेको आरोप लगाएको थियो । एमाले प्रवेश गर्नु भएका खनालले तनहुँ क्षेत्र नम्बर १ बाट नेकपा एमालेबाट प्रतिनिधी सभा सदस्यमा प्रत्यक्ष तर्फ उम्मेदवार बन्ने चर्चा छ ।
खनालसँग राजनीति अनुभव नभएको र तनहुँमा राजनीतिक संगठन बनाउन योगदान नरहेकोले यस पटकको निर्वाचनमा अवसर पाउने सम्भावना कम रहेको राजनीतिक विश्लेषक बताउँछन् ।
Show More

Related Articles

Back to top button