समाचारAll

तनहुँ ट्राफिक प्रमुखमा विष्ट

दमौली खबर संवाददाता
दमौली । प्रहरी नायव निरीक्षक राजिव विष्टले जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको जिम्मेवारी सम्हाल्नु भएको छ । अस्थायी ट्राफिक प्रहरी पोष्ट बैदाम, पोखराको प्रमुखमा रहनु भएका विष्ट हालै दमौली सरूवा भएर आउनु भएको हो ।
१५ वर्ष प्रहरी सेवामा प्रवेश गर्नु भएका विष्ट गोरखाको पालुङटार नगरापालिका–१ निवासी हुनुहुन्छ । सडकहरु निर्माणधिन अवस्थामा रहेकोले दुर्घटना बढी हुने, खाल्टाखुल्टी भएको कारणले गर्दा सवारी जामहरु हुने भएकोले तीन तहमा ट्राफिक व्यवस्थापन लागेको विष्टले जानकारी दिनुभयो । चालकलाई सबैभन्दा बढी चेतना दिने, सडकयात्रीलाई जनचेतना अभिवृद्धि, ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्ने र जरिवाना गर्ने ट्राफिक प्रमुख विष्टले जानकारी दिनुभयो । ट्राफिक प्रमुखमा विष्टले कार्यभार सम्हाल्ने बित्तिकै बढी भाडा लिने १९ वटा माईक्रोबसलाई पाँच हजारको दरले जरिवाना गर्नुका साथै बढी भाडा लिएको रकम फिर्ता गर्नु भएको थियो ।
Show More

Related Articles

Back to top button