हेडलाईनAll

डेंगुबाट सर्तक बनौं

दमौली खबर संवाददाता
गर्मी मौसम सकिन लाग्दै पनि यति बेला देशै भरी डेंगु फैलिएको छ । यस क्रममा तनहुँमा हाल डेंगुरोगको सङ्क्रमण तिब्र रुपमा फैलिएको छ । तनहुँमा मात्रै  ८८ जना डेंगुका बिरामी भेटिएका छन् ।  सबैभन्दा धेरै शुक्लागण्डकी नगरपालिका स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ७८, व्यास नगरपालिकामा पर्ने दमौली स्थित दमौली अस्पतालमा तीन र बन्दीपुर गाउँपालिका बन्दीपुर स्थित बन्दीपुर अस्पतालमा सात गरी ८८ जनामा सङ्क्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएकोले हामीले यसलाई गंभिर हुनु पर्दछ ।  डेंगुबा जोगिन सकिन्छ । यसको बास स्थान मासेर नियन्त्रणमा लिन सकिन्छ ।  विशेष गरी सफा पानीमा हुने र लामखुट्टेको टोकाइले डेंगुको सङक्रमण फैलिने गरेको छ ।  डेंगुको सङ्क्रमण बढ्दै गएकोले लामखुट्टेको टोकाईबाट बच्न झुलको प्रयोग गर्न र घर वरिपरी पानी जम्ने खाल्डाखुल्डी पुर्न र पानी जम्न नदिने हिडडुल गर्दा पनि लामो बाउला भएको कपडा लगाउनु पर्छ ।  डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो । एडिस लामखुट्टेले माीनसलाई दिउँसो मात्र टोक्ने गर्दछ ।
डेंगु रोग मानिसबाट मानिसमा सिधैं सर्दैन । सो प्रजातिको लामखुट्टेले सफा पानी जमेको ठाउँमा साना साना स्थानहरुमा फुल पार्दछ । खासगरी वर्षाको पानी जम्ने स्थान, पानी जम्ने टिनका डब्बा, टायर, ड्रमहरु, फुलदानी र गमला लगायतका स्थानमा यसले फुल पार्दछ । वर्षातको आगमनसँगै जताततै पानी जम्न थालेपछि सो रोगको संक्रमण फैलिने गर्दछ । डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो । यो जातको लामखुट्टेले दिनमा मात्र टोक्ने यो रोगको खोप तथा खास उपचार नभएकोले बेलैमा सर्तकता अपनाउनु पर्दछ ।  डेंगुरोग नियन्त्रण र रोकथामको लागि ‘खोजी र नष्ट अभियान’ सुरु गरेको छ ।  रोगको नियन्त्रण, न्यूनिकरण र रोकथामको लागि लामखुट्टेले फूलपार्ने ठाउँहरु खोजौं र नष्टगरौं भन्ने नारा सहित अभियान सञ्चालन गरिएकोले अभियानलाई मद्धत गर्नु हामी सबैको दायित्व हो
Show More

Related Articles

Back to top button