समाचार

पीडित सदस्यलाई क्षेत्रीय होटल संघ तनहुँको सहयोग

क्षेत्रीय होटल संघ तनहुँले विभिन्न विपत् र घटनाबाट पिडित भएका सदस्यहरुलाई सहयोग गरेको छ । भिमाद नगरपालिका वडा नं ५ स्थित वानटाङ खोला नजिकै रामबहादुर लम्सालले सञ्चालन गरेको लम्साल खाजा घरमा केही दिन अगाडि आगलागि भइ क्षति भएको होटलमा संघले ३५ हजार आर्थिक सहयोग गरेको छ । आगोलागीले कटेज , टेवल , कुर्सि , लगायतका सामाग्री लगायत जलेको थियो । ब्यवसायिलाई समस्या पर्दा संघले सहयोग गर्ने उद्देश्य अनुसार सहयोग गरिएको संघका अध्यक्ष राम जोशिले बताए ।

व्यवसाय सञ्चालनको क्रममा कसैलाई केही अफ्ट्यारो पर्न गएमा संघले सहयोग गर्दै आएको संघका बरिष्ठ उपाध्यक्ष विकास खनालले बताए । म्याग्दे १ गुणादी स्थित चोरि भएको हाइवे रेष्ट पोइन्टका कृष्ण खनाललाई नगद रू ५ हजार सहयोग गरिएको छ । संघका महासचिव चन्द्रकुमार कायस्थका अनुसार खनालको होटलमा केही दिन अगाडि रातको समयमा ढोका फोरि विभिन्न सामानहरू चोरि भएको थियो ।

सहयोग कार्यक्रममा भिमाद बजार ईकाइका सभापति अनिल श्रेष्ठ , क्षेत्रीय होटल सँघका सचिव चिजकुमार श्रेष्ठ , जिल्ला सदस्य बसन्त गैर्हे , भिमाद बजार इकाईका सचिव गणेश थापा , दमौलि इकाईका सदस्य गणेश खत्री लगायतको उपस्थिति रहेको थियो । संघले आफ्नो समस्यालाई बुझि सहयोग गर्न होटलमै आएकोमा पिडित लम्साल र खनालले खुसि ब्यक्त गरे । संघले यस अगाडि पनि ब्यबसायि हरूलाइ समस्या पर्दा विभिन्न किसिमका सहयोग र साथ दिँदै आएको र भोलिका दिनमा पनि गर्दै जाने संघका अध्यक्ष राम जोशिले बताए ।

Show More

Related Articles

Back to top button