देवघाटसमाचार

देवघाट क्षेत्र विकास समितिका अध्यक्षद्वारा पदभार ग्रहण

देवघाट क्षेत्र विकास समितिका अध्यक्षमा बद्रीप्रसाद अधिकारीले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै अधिकारीले देवघाट क्षेत्रको विकासका लागि सबैसँग हातेमालो गरेर अगाडि बढ्ने बताए । देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर अगाडि लैजाने भन्दै उनले देवघाटमा रहेका मठमन्दिर र आश्रमहरुको संरक्षण र प्रवद्र्धन गर्दै अगाडि बढ्ने बताए ।उनले भने, “देवघाटमा रहेका स्थानीय तह, स्थानीयवासी र आश्रमसँग समन्वय गरेर अगाडि बढ्छु ।”

उहाँले देवघाटमा लामो समयदेखि समस्याका रूपमा रहेको जग्गा अतिक्रमणलाई पनि रोक्ने बताए । अतिक्रमण गर्ने व्यक्ति र सङ्घ संस्थासँग बसेर छलफल गरी समस्या समाधानको बाटो रोज्ने योजना रहेको उनले बताए । देवघाटमा रहेको बाँदरको समस्यालाई व्यवस्थितरूपमा समाधान गर्ने र दाहासंस्कार स्थलमा छाडा छोडिएका गाईलाई पनि व्यवस्थित गरिने अधिकारीको भनाइ छ ।

उनले त्रिकोणात्मक झोलुङ्गे पुल निर्माणलाई अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा निर्वतमान अधयक्ष शिवराज पौडेलले देवघाटको विकासका लागि नयाँ अध्यक्षलाई सहयोग गर्ने बताउनुभयो । समितिले ठीक समयमा ठीक निर्णयका साथ काम गरिरहेको उनको भनाइ थियो । देवघाट गाउँ पालिकाका अध्यक्ष दुर्गबहादुर थापाले स्थानीय तहसँग सहकार्य गरेर काम गर्न आग्रह गर्नुभयो । उहाँले देवघाट क्षेत्र विकासलाई गाउँपालिकाले सहयोग गरिरहेको भन्दै आउँदा दिनमा पनि सहयोग गर्ने बताए ।एकसाता अघिमात्र पर्यटन मन्त्रालयले अध्यक्षमा अधिकारीलाई नियुक्त गरेको थियो ।

Show More

Related Articles

Back to top button