समाचार

दमौलीमा पनि बायु प्रदुषण

दमौलीमा दुई दिन देखि फरक प्रकृतिको हुस्सु र तुवाँलोजस्तो देखिन थालेको छ । शुक्रबार देखि दमौलीमा बायु सफा देखिएको छैन भने आकाशसमेत सफा छैन । काठमाण्डौंमा शुक्रबार एक्कासी वायु प्रदुषण बढेपछि नागरिकलाई सकेसम्म घरबाट बाहिर ननिस्कन वातावरण विभाग र मौसमवीद्ले अनुरोध गरिरहेकोबेला दमौलीमा पनि फरक प्रकृतिको हुस्सु र तुवाँलोजस्तो देखिएको हो ।काठमाण्डौंमा बाहिर निस्कँदा आँखा पोल्ने भएपनि दमौलीमा खासै त्यस्तो असर छैन । यस विषयमा जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमवीद् राजु प्रधानाङ्गले दुई दिन यता बातारणको अवस्था बिग्रिएको बताए ।

यद्यपि, मौसम पुरै सफा हुनभने केही दिन लाग्न सक्छ । यस्तो अवस्था आउनुमा पश्चिमी वायुको प्रभाव र देशका विभिन्न स्थानमा डढेलो र आगलागी कारक भएको उनले बताए । ‘केही दिनदेखि देशका विभिन्न भागमा डढेलो लाग्दै आएको थियो’ पहाडी भू–भागमा लागेको डढेलोले मौसम बिग्रिएको उनको दाबी छ । धुँवाले तुवालो र कालो बादल बढेपछि आकाश धमिलो हुन्छ । सोही कारण हावाको प्रभाव कम हुँदा तुवालो हट्न नसकेपछि यस्तो प्रभाव पर्ने उनले बताए । दमौलीमा पनि काठमान्डौमा भएको र डढेलोको असरले यस्तो भएको उनले बताए ।मौसम र वातावरण सफा नभएकाले दमौलीमा पनि मास्क अनिवार्य प्रयोग गर्न मौसमवीद् प्रधानाङ्गले सुझाएका छन् । जल तथा मौसम विभागकाअनुसार स्थानीय र पश्चिमी वायुको समेत प्रभाव थपिएको छ ।

Show More

Related Articles

Back to top button