हेडलाईनसमाचारव्यासमनोरन्जननगरपालिका

आज दमौलीमा श्रीकृष्णजन्माष्टी महोत्सव गरिने

दमौली खबर संवाददाता
श्रीकृष्णजन्माष्टमीको अवसरमा शुक्रबार दमौलीमा श्रीकृष्णजन्माष्टमी महामहोत्सव हुँदैछ । महोत्सवको तयारी पुुरा भएको र व्यास नगरपाकिाका प्रमुख वैकुष्ठ न्यौपानेले महोत्सवको उद्घाटन गर्नु हुने आयोजक नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोन दमौली शाखाले जनाएको छ ।  महोत्सव व्यास नगरपालिका –४ संगम टोलमा रहेको संघको दमौली शाखा कार्यलयमा महामहोत्सव गर्न लागिएको इस्कोन दमौली शाखाका अध्यक्ष रसमण्डल दासले जानकारी दिनुभयो । आज दिउसो १२ बजेदेखी राती १२ बजेसम्म कार्यक्रम हुने अध्यक्ष दासको भनाई छ । उक्त अवसरमा हरिनाम संकृतन सहित नगर परिक्रमा गरिने संघका सदस्य इन्जिनियर शुशिल खनालले जानकारी दिनुभयो । कार्यक्रमको अवसरमा हरिनाम संङ्कीर्तन, कृष्ण कथा लिला, कृष्ण झुला, औपचारिक कार्यक्रम अभिषेक, दीपदान, प्रसाद वितरण लगायतका कार्यक्रम हुने संघका सचिव प्रमोद न्यौपानेले बताउनुभयो । चार बेद अठ्ठार पुराणका रचयिता वेदव्यास क्षेत्रलाई विश्वमाझ प्रचारप्रसार एवं आध्यत्मिक जागरणको लागि महोत्सव गरिएको आयोजकले जनाएको छ ।
Show More

Related Articles

Back to top button