हेडलाईनसमाचार

भातृ संगठन तथा शुभेच्छुक सस्थाद्धारा काँग्रेसका उम्मेदवारलाई जिताउने प्रतिबद्धता

दमौली खबर संवाददाता
दमौली, असोज २४ । नेपाली काँग्रेस तनहुँले भातृ संगठन तथा शुभेच्छुकसँग सोमबार छलफल गरेको छ । मंसिर ४ को चुनावमा काँग्रेसका उम्मेदवारलाई जिताउन कसरी कदम चाल्ने भनेर सुझाव र सल्लाह लिन छलफल गरेको हो ।
     छलफलमा विभिन्न भातृसंगठन तथा शुभेच्छुका प्रतिनिधीले काँग्रेसका उम्मेदवारलाई जिताएर तनहुँलाई काँग्रेसको किल्ला बनाउने अभियान लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो  । काँग्रेस तनहुँका सभापति जीत प्रकाश आलेको अध्यक्षमा भएको कार्यक्रममा निर्वतमान सभापति वैकुष्ठ न्यौपाने, सचिव लक्ष्मीभक्त खनाल, नगर सभापति सूर्यचन्द्र हड्खले, भातृ तथा शुभेच्छुक संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुले यस अघिको चुनावमा काँग्रेसले हार्दा तनहुँको विकास प्रभावित भएकोले यस पटक काँग्रेसले जितेर तनहुँलाई काँग्रेसको गढ बनाउनु पर्नेमा जोड दिनु भएको थियो । काँग्रेसका उम्मेदवारका विरुद्ध लाग्न नहुने, राम्रो काम गर्नेलाई पुरस्कार र विरुद्धमा लाग्नेलाई दण्डको व्यवस्था गर्न सुझाव दिईएको थियो ।
Show More

Related Articles

Back to top button