हेडलाईनसमाचार

नेपाली लेखक संघ तनहुँको अध्यक्षमा नहर्की

दमौली खबर संवाददाता
दमौली, असोज  २३ ।
लेखकहरुको स्वतन्त्रताको लागि राणाकालदेखी लड्दै आएको नेपाली लेखक संघ तनहुँको शनिवार पाँचौँ अधिवेशन एवं बाह्रौँ साधारणसभा दमौलीमा सम्पन्न भएको छ । उक्त अधिवेशनको उद्घाटन गर्दै लेखक संघका पूर्व केन्द्रिय उपाध्यक्ष डाक्टर कुसुमाकर न्यौपानेले सम्पूर्ण  साहित्यकारहरुले आफुलाई हात जोड्ने खालको वाणी, आचार, व्यवहार स्तुत्य हुने खालको व्यावहार गर्नुपर्नेमा जोड दिनुभयो
     कार्यक्रममा विशिष्ट अतिथी व्यासका अध्यक्ष एवं लेखक संघका सल्लाहकार काशीनाथ न्यौपानेले साहित्य समाजको ऐना भएकाले गहिराइमा अध्ययन गरी अध्ययनलाई साहित्यमा उतार्नुपर्ने बताउनुभयो । निर्वाचन क्षेत्रीय संयोजक इश्वरमणी अधिकारी, कास्कीका अध्यक्ष संजिव पौडेल, सल्लाहकार समुन्द्र गोदार, संस्थापक अध्यक्ष कमलामोहन श्रेष्ठ,लेखक सघका केन्द्रिय प्रतिनिधि प्रदिप घिमिरे, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष ब्रम्हदत्त तिमिल्सेना, प्रगतिशिल लगेखक संघ तनहुँका अध्यक्ष कल्पना पौडेल, गण्डकी बाङ्मय संघ तनहुँका अध्यक्ष सागर उदास, गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँका अध्यक्ष आकाश अधिकारी लगायतले वेदव्यासको पवित्र भूमिका साहित्यिक कार्यक्रमहरुमा सञ्चालन गरि  साहित्यिक जागरण ल्याउनुपर्नेमा  जोड दिनु भएको थियो  ।
     यसैबिच साहित्यकार मधुमाया घिमिरेद्धारा लिखित व्यासमाला कविता सङ्ग्रह र साहित्यकार चक्रबहादुर अधिकारीद्धारा  संकलित नेपाली उखानटुक्का  सङग्रहको त्यस अवसरमा लोकापर्ण गरिएको थियो । साहित्यकार मधुमाया घिमिरेको व्यास माला कविता संङ्ग्रहमाथी अमृत घिमिरे र उखान टुक्का सङग्रमाथि डा इश्वरीचन्द्र वाग्लेले समिक्षा गरेका थिए ।
यसैबिच लेखक संघको पाँचौँ अधिवेशनले शंकरराज नहर्कीलाई सर्वसम्बत अध्यक्षमा चयन गरेको छ । नहर्की संघको निर्वतमान उपाध्यक्ष हुनुहुन्थ्यो ।  समितिको उपाध्यक्षमा कृष्णहरी गैह्रे, सचिवमा अञ्जना तिमिल्सेना , सहसचिवमा दिवाकार घिमिरे, कोषाध्यक्षमा श्रीकान्त घिमिरे सदस्यहरुमा कल्पना आचार्य, भवानी अधिकारी,सत्तार मिया, महेन्द्रराज शर्मा, चक्रबहादुर अधिकारी र अमरराज नहर्की रहेका छन् । यस अघि लेखक संघ तनहुँले केन्द्रिय प्रतिनिधि प्रदिप घिमिरे एवं लेखक संघ तनहुँका सह सचिव अञ्जना तिमिल्सेनालाई कदरपत्र सहित सम्मान गरिएको थियो । यसका साथै प्रमुख अतिथी कुशुमाकर न्यौपानेलाई तनहुँ शाखाको स्थापना र विस्तारमा योगदान गरेबापत दोसल्ला र प्रसशापत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रम नेपाली लेखक संघ तनहुँकी अध्यक्ष गौँकुमारी न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो । नवनिर्वाचित अध्यक्ष शंकरराज नहर्कीलाई निवर्तमान अध्यक्ष न्यौपानेले माइन्युट हस्तान्तरण गरी सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । नवनिर्वाचित अध्यक्ष नहर्कीले नेपाली लेखक संघको गरिमा र महत्वलाई अझ माथी उकास्दै जिल्लामा विविध साहित्यिक कार्यक्रमहरु सञ्चालन गर्नुका अतिरिक्त स्रष्टा सम्मान गरिने कार्यक्रम आयोजना गरिने बताउनुभयो ।
Show More

Related Articles

Back to top button