हेडलाईनसमाचारAll

निर्वाचन सामग्री लिएर कार्यस्थलमा खटिए कर्मचारीहरु

दमौली खबर  संवाददाता
तनहुँ, मङ्सिर १ गते । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदान अधिकृत सहितका कर्मचारीहरू तनहुँमा मतदानस्थलमा बिहीबारबाट खटिएका छन् ।
आज बिहानदेखि सदरमुकाम दमौलीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनबाट सामग्री बुझेर उनीहरू अधिकांश कार्यस्थलमा पुगिसकेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र र निर्वाचन कार्यालयबाट निर्वाचनका लागि प्रयोग हुने ६१ प्रकारका सामग्री, मतदाता नामावली, मतदाता परिचयपत्र र अनुसूची फारमहरू बुझेर हिँडेका र अधिकांश पुगिसकेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो । बिहानदेखि दिउँसोसम्म निर्वाचन सामग्री बुझ्ने कर्मचारीको कार्यालयमा भीड लागेको थियो । दुई लाख ४४ हजार तीन सय ४० मतदाता रहेको जिल्लामा प्रतिनिधसभातर्फ २  र प्रदेशसभा तर्फ ४ गरी ६ सिटको लागि प्रतिस्पर्धा हुँदैछ  ।
निर्वाचनका लागि तनहुँमा तीन हजार तीन सय ६० कर्मचारी खटाईएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ  । त्यसमध्ये दुई हजार चार सय ४० कर्मचारी निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्त गरिएको मुख्य निर्वाचन अधिकृत दलबहादुर केसीले जानकारी दिनुभयो । त्यसका अलवा सम्बन्धित मतदान केन्द्रमा एक हजार दुई सय २० स्वयंसेवक नियुक्त गरिने केसीले बताउनुभयो  ।
Show More

Related Articles

Back to top button