समाचार

सडकमा मास्क बाड्दै युवायुवती

कोरोना भाईरस संक्रमणको जोखिममा रहेका वृद्धवृद्धालाई दमौलीका युवायुवतीले मास्क वितरण गरेका छन् । दमौलीमा सक्रिय रहेको टिम नेपोको सदस्यले कोरोबाट जोगिन मास्क बाँडेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहँुँले समन्वय गरेको थियोे । युवयुवतीसंगै प्रतिनिधीसभा सदस्य कलिना खान पनि मास्क बाँड्न सारिक भईन् । उनले सामाजिक कार्यमा युवाहरु सक्रिय हुनुपर्ने बताईन् । उनले भनिन्, ‘अहिलेको महामारीको बेला एकले अर्कालाई साथ दिन आवश्यक छ ।क्लबले गरेको यो काम पनि प्रशंसनिय छ ।’

सर्वसाधरणमा सचेतनाको कमीको कारणले कोरोना संक्रमण फैलने जोखीम झनै बढेको उनको भनाई छ । ‘आफनै सुरक्षाका लागी सचेतना अपनाउने हो’, उनले भनिन्, ‘आफुले सक्दो सावधानी आफैले अपनाउनु पर्छ ।’ संस्थाले सर्वसाधारणलाई सचेतना फैलाउनुका साथै मास्क र सेनिटाईजर वितरण गरेको थियो । सो अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहूँका प्रमुख रेशम रानाभाटले लकडाउन खुलेसंगै सर्वसाधरणले लापबाही गर्न थालेको बताए । क्लबका अध्यक्ष गोविन्द तिमल्सेनाले सर्वसाधरणलाई कोरोना सम्बन्धी सचेतना जगाउन कार्यक्रम गरेको बताए । वृद्धवृद्धालाई वितरण गरेको मास्क र स्यानिटाईजर जे एस् व्यास ईन्टरप्राईजेज दमौलीले सघाएको हो ।

Show More

Related Articles

Back to top button