दमौली, कात्तिक २६ । वरिष्ठ अधिवक्ता परशुराम गिरीले निर्वाचनमा विजयी उम्मेदवारले पदभार ग्रहण गर्न पाउँदैन भन्ने अफवाह निर्वाचन आचार संहिता विरोधी कार्य भएको बताउनु भएको छ । दमौली एफएमसँग शनिबार गरिएको निर्वाचन विशेष संवादमा वरिष्ठ अधिवक्ता गिरीले सो धारणा राख्नु भएको हो । उहाँसँग गरिएको सवाल जवाफ अंश
प्रश्न : गोविन्दराज जोशीले चुनाव जिते पनि पदभार ग्रहण गर्न र सपथ ग्रहण गर्न पाउँदैनन् भन्ने बजार हल्ला छ नि ? यस विषयमा तपाईको धारणा के छ ?
वरिष्ठ अधिवक्ता गिरीः तपाईले सोध्नु भएको विषयको हल्ला माघे सङ्क्रान्ति मेला र ठुली एकादशी बजारमा हुने हल्ला जस्तो हल्ला हो । मैले आफ्नो धारणा बताउनु भन्दा पनि कानुनको धारणा बताउने हो । कानुनको अन्तिम निर्णयकर्ता सर्वोच्च अदालत भएको र गोविन्दराज जोशीको उम्मेदवारी बदर गरी पाउँ भनि सर्वोच्च अदालतमा परेको रिट निवेदन सर्वोच्च अदालतबाट खारेजी भई जोशी उम्मेदवार हुन योग्य भएको भनि सर्वोच्च अदालतबाट निर्णय भएको छ । उम्मेदवार हुन योग्य भनेको चुनाव जित्न योग्य रहेको बुझ्नु पर्दछ । चुनाव जितेपनि सांसद हुन पाउँदैन भन्नु प्रस्पिर्धी उम्मेदवारहरुको पराजित मानसिकताको उपज हो । मतदाताले आफ्नो अमूल्य मतदान गरी गोविन्दराज जोशीलाई जिताएको खण्डमा सांसद पद रही काम गर्न पाइन्छ जिते पनि काम गर्न पाइदैन भन्ने भ्रमपूर्ण हल्ला मात्रै हो । यो हल्ला नेपालको संविधान, निर्वाचन कानुन निर्वाचन आचार संहिता विपरित छ । ‘यस्तो द्धेषपूर्ण अफवाह निर्वाचन आचार संहिता २०७९ को दफा १३ (१) (प) अनुसार दण्डनीय कार्य भएको हुँदा यस्ता अफवाह फैलाउने कसुरदारलाई निर्वाचन आचार संहिता २०७९ को दफा ४६ अनुसार कारबाही हुनु पर्ने कानुनी व्यवस्था छ ।



