समाचारAll

कोरियन याक्युङगको साईनिङ ह्वाईट टुथपेष्ट र डिटरजेन्टको माग तनहुँमा दिनप्रतिदिन बढ्यो

दमौली खबर संवददाता
दमौली, कात्तिक २७ गते । कोरियन याक्युङगका दुई उत्पादनको माग दमौलीमा दिन प्रतिदिन बढेको छ । साईनिङ ह्वाईट टुथपेष्ट र लुगाधुने वासिङ मेशिनमा प्रयोग हुने डिटरजेन्टका पाउडर र लिकुविड  माग बढेको हो । मागमा वृद्धि भएकोले यसका व्यवसायीहरु उत्साहित भएका छन् । याक्युङगको दमौली स्थित अधिकृत बिक्रेताका अनुसार यसको माग पहिले भन्दा दोब्बर बढेको छ ।
     गुणस्तरीय उत्पादन भएकोले कोरियन याक्युङगका  विश्वभरी माग बढीरहेकोले र त्यसको पारखीहरु नेपालमा बढेको व्यास नगरपालिका–४ हरिओम टोल स्थित याक्युङगको आधिकारिक विक्रेता संगिता नेपालले बताउनुभयो । ‘कोरियन विश्वकै उत्कृष्ट उत्पादन गर्ने मुलुक हो त्यसले पनि बजारमा विक्री गर्न कुनै समस्या छैन’ नेपालले भन्नुभयो । साईनिङ ह्वाईट टुथपेष्टले दाँत तथा मुखमा ताजगीपन ल्याउने, दाँत तथा गिजाको फोहोरलाई भित्रै देखि सफागर्ने  र साथै दाँतको लेपनलाई कुनै असर नगरी सेतो बनाउने फ्लोराईड युक्त भएकोले माग दिन प्रतिदिन बढेको  नेपाल बताउनुहुन्छ । बच्चाहरुको लागि केरा, स्टेबरी र स्याउको गरी तीन प्रकारको श्वादहरुमा उपलब्ध हुने हुँदा बच्चाले प्रयोग गर्न रुचाउने भएकोले आफूले सधैं यही टुथपेष्ट प्रयोग गर्ने गरेको व्यास नगरपालिका–१ भादगाउँ निवासी विष्णुदेवी कँडेलले बताउनुभयो । यो पहिलो पटक प्रयोग गरेपछि बालबालिकाले रुची देखाएपछि आलोपालो गरी फरक फरक श्वादको प्रयोग गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । ‘निकै उत्कृष्ट लाग्यो अरुतिर ध्यान नै गएन’ कँडेलले भन्नुभयो । नौ महिना अघि देखि यो टुपपेष्टको प्रयोग गर्ने गरेको उहाँले जानकारी दिनुभयो । सोही ब्राण्डको लुगाधुने वासिङ मेशिनमा प्रयोग हुने डिटरजेन्टका पाउडर र लिकुविड  माग बढेको  छ ।
राम्रोसँग मैला फाल्ने र कपडा नरम, मुलायम र बासनदार बनाउने भएकोले माग बढेको अधिकृत विक्रेता नेपाल बताउनुहुन्छ । धुलो नआउने र एलर्जी नहुने, घाँटी र फोक्सोमा असर नगर्ने  विक्रेताको दाबी छ । ‘अरुभन्दा बढी किफायती र शक्तिशाली धुलाई भएकोले माग बढको छ’ विक्रेता नेपालले भन्नुभयो । यि दुवै उत्पादनको माग बढेपछि  तनहुँ जिल्लाभरीका अधिकांश सपिङ सेन्टर तथा मार्टहरुले विक्री गर्न थालेका छन् ।
Show More

Related Articles

Back to top button