समाचारकोरोनाभाइरसस्वास्थ्य

‘तपाईको मास्क खै ?’

दमौली खबर संवाददाता

जिल्लाको व्यास नगरपालिका वडा नं ३ बिसघरेका रमेश परियार श्रमिक हुन्। उनि दैनिक रुपमा तरिकारी ओसार्ने काममा खटिन्छन् । पृथ्वीराजमार्ग अन्तगर्त जिल्लाको व्यास ४ मा ४–६ जना श्रमिक साईकलरेक्सामा तरिकारी लिएर आफनो गन्तव्य तर्फ लागेका छन् तर, उनीहरुको नाक र मुख मास्कले छोपिएको छैन। मास्कबिनै काम गरिरहेका छन्। ‘मास्क लगाउदा सास फेर्न धौ भएजस्तो हुन्छ। बानी परेकी छैन। मास्क घरमै छुट्यो’, परियारले भने्, ‘मास्क लगाउनुपर्छ भन्ने थाहा छ। तर, सास थुनिएको जस्तो हुन्छ।’ विकल पनि श्रमिक हुन् । उनलाई मास्क खोई भनेपछि मात्र गोजीबाट निकालेर लगाए । श्रमिकहरुलाई मास्क किन लगाउनुपर्छ भन्नेबारे अझै जानकारी पुगेको छैन। आफ्ना लागि भन्दा पनि अरुका लागि मास्क लगाइदिएजस्तो गर्छन्।

‘मास्क सबैले अनिवार्य लगाउनुपर्छ भनेर भनिरहेका छौं। अझ समुहमा काम गर्दा त मास्क लगाउने र दुरी कायम गरेर काम गर्नुपर्छ भनेर बताएका छौं। केहीले नियम पालना गर्नुहुन्छ। धेरै जसो त अटेरी गरेको जस्तो गर्नुहुन्छ’ स्वास्थ्य कार्यालय तनहँुका प्रमुख शंखरबाबु अधिकारीले भने । जिल्ला स्वास्थ्य कार्यालय तनहँु र जिल्ला प्रहरी कार्यालको संयुक्त आयोजनामा सोमबार दमौली बजारमा ‘तपाईको मास्क खोइ ?’ अभियान शुरु गर्दा उक्त अवस्थामा ती श्रमिकलाई फेला पारिएको हो । कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको हुनाले तनहँुमा पनि तपाईको मास्क खोइ ?’ अभियान शुरु गरिएको हो । ’ अभियान शुरु गर्दा अधिकांशले मास्कको प्रयोग नगरेको पाईएको छ । प्रहरी प्रमुख अरुण पौडेलले उक्त अभियान आधा प्रतिशतले सर्वसाधारणले मास्क नलगाएको पाईएको बताए ।

उनले भने, ‘ सोमबारबाट सुरु गरिएको अभियानमा ५० प्रतिशतले मास्क लगाएको पाईएको छ भने ३० प्रतिशतले खल्तीमा मास्क राखेको तर नलगाएको र बाँकी २० प्रतिशतले मास्क नभए नलगाएको पाईएको छ । ’ ‘कोरोनाको जोखिम बढ्ेको छ,सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको छ । ’ पौडेलले अघि भने, ‘सुरु सुरुमा मास्क लगाउन आग्रह गरिने छ र अटेरी गर्ने जरिवाना गर्नेछौं । ’कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको छ। तर, यसको रोकथाम र नियन्त्रणका लागि गर्नु पर्ने स्वास्थ्य मापदण्ड पालनामा भने लापरबाही गरिएको छ । मानिसको भिडभाड हुने बजार, विद्यालय, सार्वजनिक यातायात, लगायत विभिन्न मा स्वास्थ्य मापदण्डको पालना छैन। तर, हरेक दिन नयाँ कोरोना संक्रमित बिरामी भेटिरहेका छन्। जसले गर्दा स्वास्थ्य जोखिम बढाएको स्वास्थ्य कार्यालय तनहँुका प्रमुख अधिकारीले बताए ।

‘बिरामी भएपछि मात्रै हतार गर्ने हाम्रो बानी छ । तर, स्वास्थ्य मापदण्ड पालना नगर्ने, जब बिरामी परिन्छ अनि मात्रै हतार गरिन्छ’, उनले भने, ‘भिडभाड रोक्नुपर्छ, जहाँ जोखिम छ त्यहाँ जानु हुँदैन।’ सरकारले तोकेको जोखिमपूर्ण जिल्लाको छिमेकीमा पर्दछ तनहँु । तर, जोखिम अनुसारको सावधानी भने छैन । दमौलीमा शुरु भएको मास्क खोई अभियानमा जिल्ला समन्वय समिति तनहँुका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने,सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गग बराल, व्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देल लगायतको सहभागिता रहेको थियो । उक्त अभियानमा सर्वसाधारणलाई मास्क लगाउन सचेतना जगाउँदै निशुल्क रुपमा मास्क समेत वितरण गरिएको थियो ।

Show More

Related Articles

Back to top button