Uncategorizedजीवनशैली

दुई पालिकाका एक सय बढि घरधुरी अन्धकारमा बस्न बाध्य

तनहुँको व्यासनगरपालिका र बन्दिपुर गाउँपालिकामा गरी दुई पालिकाका एक सय बढि घरधुरीका बासिन्दाहरु अन्धकारमय जीवन बिताउँदै आएका छन् । व्यासनगरपालिका–१४ का ५० र बन्दिपुर गाउँपालिका–६ का ६३ घरधुरी गरी एक सय तेह्र घरधुरी बिगत लामो समय देखि अन्धकारमा बस्न बाध्य भएका हुन् । सदरमुकाम दमौली देखि करिब १५ किलोमिटर दुरीमा रहेपनि बत्तिमूनिको अँध्यारो बनेको छ । व्यास १४का मास्दीघाट क्षेत्रका ५० घरधुरीमा बिजुली पु¥याउन बिद्युत पोल गाडिएपनि लकडाउनका कारण तार टाँग्ने कार्य अघि बढाउन नसकिएको वडाध्यक्ष काजीमान श्रेष्ठले बताए । गत मंसिर महिनामा पोल गाडेर असार मसान्त सम्म बिद्युत जडान सम्पन्न गर्ने लक्ष्य रहेपनि लकडाउनका कारण काम रोकिएको उनले जानकारी दिए ।

मास्दीघाट आसपासका बजार क्षेत्रमा नौ वटा सोलार बत्ती जडान गरेर उज्यालो बनाएपनि अन्य क्षेत्रका बासिन्दाहरु अन्धकारमय जीवन बिताउँदै आएको उनले बताए । वडाको एक घर एक धारा जडान अभियान अन्र्तगत सबै घरधुरीमा पानीको धारा जडान गरिएपछि लामो दुरी पुगेर पानी ल्याउनुपर्ने समस्या हटेका उनले बताए । त्यसैगरी,बन्दिपुर गाउँपालिका–६ अन्र्तगत खहरे,थुमथुमे र ढाब लगायतका क्षेत्रका बासिन्दाहरु बर्षौ देखि अन्धकारमा बस्दै आएका छन् । दमौली हुदै चितवन जोडिने बुद्धसिंमार्ग नजिक बसोबास गर्दै आएका बासिन्दाहरुको घरमा बत्ती जडान कार्य नभएको हो । उक्त क्षेत्रमा बिद्युतका पोल गाडेपनि तार टाँग्ने काम बाँकी रहेकोले अब छिट्टै काम अघि बढाइने लक्ष्य रहेको वडाध्यक्ष सन्तबहादुर गुरुङले बताए ।

उक्त क्षेत्रमा तनहुँ जलबिद्युत आयोजनाले बिद्युत जडानको लागि जिम्मा पाएको र ठेक्का प्रक्रिया समेत पुरा भईसकेकोले छिट्टै काम शुरु हुने बिश्वास गरिएको गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले बताए । लकडाउनका कारणले पनि कार्यमा ढिलाई भएको हुन सक्छ । उनले भने, ‘यसैबर्ष भित्र बत्ति बाल्ने गरी काम गर्न आयोजना संग पटक पटक आग्रह गर्दै आएको छौ ।’ बन्दिपुर गाउँपालिकाको ६ वडामध्ये सबै वडाहरुमा उज्यालो पुगिसके पनि यसक्षेत्रमा अलि ढिलाई हुन पुगेको अध्यक्ष थापाले बताए । उक्त क्षेत्रमा बिद्युत सेवा पु¥याउन सकिए गाउँपालिकालाई अन्धकारमुक्त पालिका घोषणा गर्न सकिने उनले जानकारी दिए । उक्त क्षेत्रमा बिजुलीको असुबिधा रहेपनि खानेपानीको भने सुबिधा पुराइएको गाउँपालिका कार्यालयले जनाएको छ ।

Show More

Related Articles

Back to top button