Uncategorizedजीवनशैली

एक महिना पछि हट्यो भानुमा निषेधाज्ञा

समुदाय स्तरमा फैलिएपछि रेडजोनको नाम चिनिएको भानु नगरपालिकामा ३१ दिनपछि निषेधाज्ञा हटेको छ ।सङ्क्रमण फैलिएपछि नगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय तनहँुले भदौ १ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञामा पनि कोरोना संक्रमीतको संख्या बढ्दै गईरहे पछि प्रशासनले तीन पटक निषेधाज्ञा जारी गरेको थियो । पहिलो पटक भदौ १ गतेदेखि १४ गतेसम्म, दोस्रो पटक भदौ १५ गतेदेखि २४ गतेसम्म र तेस्रो पटक भदौ २५ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा जारी भएको थियो। भानु नगरपालिकाका नगरप्रमुख उदयराज गौलीका अनुसार बुधबार राति १२ बजेदेखि निषेधाज्ञा सकिएको छ । उनकाअनुसार बिहीबारदेखि भानु नगरपालिकाका पूर्ण रुपमा खुल्नेछ । निषेधाज्ञा हटेपनि सावधानी अपनाउन नगरवासीलाई आग्रह गरिएको छ ।

 

Show More

Related Articles

Back to top button