Uncategorizedजीवनशैली

घर फर्किएका युवा गाउँमा बेल्चा चलाउँदै

व्यास ६ क्रियापानीका सुनिल श्रेष्ठ भारतको गोवामा काम गर्थे । कोरोना भाइरसको संक्रमण फैलिएपछि लकडाउन भयो । गोवाको काम बन्द भयो । लकडाउनमै घर आएका श्रेष्ठले गाउँमै काम खोजे । घर बनाउने काममा श्रमिकको रुपमा काम पनि पाए । लकडाउनमा समेत खाली बस्नु परेको छैन । ‘भोको पेटले काम नगर भन्दो रहेनछ । गोवाको काम बन्द भएपछि घर आएँ । यहाँ काम खोजेँ घर बनाउने काम भेटियो।’ उनले भने–‘घरमा खाली बस्नु भन्दा काम गरे आम्दानी पनि हुने । घर खर्च पनि चल्ने ।’ कोरोनाले गर्दा रोजगारी खोसिएपछि घर फर्किएका युवाहरुले स्थानीय स्तरमा चलेका विकास निर्माणको काममा रोजगारी पाउन थालेका हुन् ।

सोही वडाका मनोज श्रेष्ठले अब कक्षा ११ मा भर्ना हुने तयारीमा छन् । एसईई पास भएपछि उनी विद्यालय कहिले खुल्ला र पढ्न जान पाइएला भन्ने प्रतिक्षामा छन् । तर, यो बिचको खाली समयमा श्रमिकको रुपमा खटिएका छन् । बेल्चा चलाउँदै आर्थीक जोहोमा जुटेका हुन् । ‘एसईई पनि दिन पाइएन । पछि स्कूलले नम्बर पठाएर पास भैयो । अब स्कूल कहिले खुल्छ ? केही थाहा छैन । खाली बस्नु भन्दा म त काम गर्न हिँडे।’, उनले भने, ‘स्कूल खुल्यो भने पढ्न जान्छु । न खुल्दासम्म यस्तै काम गर्ने हो ।’ श्रेष्ठ जस्ता विपन्न वर्गका युवाहरु अहिले श्रमीक काम गरेर परिवारलाई सहयोग गरेका छन् ।

Show More

Related Articles

Back to top button