हेडलाईनसमाचारAll

तनहुँमा भइरल ज्वरो र अन्य सङ्क्रमणका बिरामी बढे

दमौली खबर संवाददाता

तनहुँ, वैशाख १५ गते

तनहुँमा भाइरल ज्वरो र अन्य सङ्क्रणमा विरामी बढेका छन् । विरामीको चाप धेरै भएकोले सरकारी तथा निजी क्लिनिकमा भीडभाड भएको छ । जिल्लाभर ज्वरो आउने रुघाखोकी लाग्ने, टाउको तथा घाँटी दुख्ने समस्या भएका विरामी बढीरहेका छन् ।

सदरमुकाम दमौलीका अतिरिक्त आँबुखैरेनी, भिमाद, खैरेनीटार, दुलगौंडा जस्ता मूख्य बजार तथा ग्रामिण क्षेत्रका स्वास्थ्य सस्थामा विरामी बढेका हुन् । हाल पहिले झण्डै दोब्बर विरामी उपचारको लागि आउने गरेको दमौली स्थित दमौली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दिवस ढकालले जानकारी दिनुभयो । ‘‘दैनिक २५० देखि ३०० जना विरामी आउने गरेका छन् त्यसमा अधिकांश रुघा, खोकी, ज्वरो र टाईफाईटका विरामी छन्’’ डा. ढकालले भन्नुभयो । बासी सढेगलेका खानेकुरा नखाने, उमालेको पानी पिउने, हरियो सागपात, झोलिलो खानेकुरा प्रशस्त खाने, खानाखाजा खानु अघि साबुन पानी हात धुनुपर्ने दमौली अस्पतालका निमित्त प्रमुख डा.ढकाल बताउनुहुन्छ । यो बेला समय गर्मी बढ्दै जाने बेला भएकोले विरामी बढेको उहाँ बताउनुहुन्छ ।

दैनिक २५० भन्दा बढी विरामी उपचारको लागि आउने गरेको त्यसमध्ये ५० देखि ६० जना भाईरल फिवरका विरामी आउने गरेको शुक्लागण्डकी नगरपालिका बेलचौतारा स्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र कार्यकारी निर्देशक डा.रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । शरीर भारी हुने, शरीर दुख्ने, टाउँको,आँखाको गेडी दुख्ने, ज्वरो आउने,शरीर आलस्या हुने लगायतका समस्या भएका भाईरल फिवरका विरामी आउने गरेको उहाँले जानकारी दिनुभयो ।

Show More

Related Articles

Back to top button