समाचारमनोरन्जन

दमौलीमा प्राचिन रोपाईजात्रा निकालियो

दमौली खबर संवाददाता
दमौली, भदौ ५ ।
दमौलीमा शुक्रवार नेवार समुदायको प्राचिन रोपाई जात्रा निकालेका छन् । उक्त रोपाई जात्रा हेर्न दमौली आसपासका सयौँ नागरिकहरुको ठुलो उपस्थिति रहेको थियो ।
राजा र रानी घोडामा सवार उनिहरुको सरक्षामा आर्मी छड्के टोपी लगाएर खटिएका । झ्याईझ्याई पञ्चेबाजा । नेवारी डे«समा सजिएका हातमा विउ लिएका रोपार्नीहरु बाजाको तालमा विउ रोप्दै । हलि गोरु लिएर गरा सम्याएको अभिनय गर्दै छन् । राष्ट्रिय भण्डा बोकेका तरुण युवा युवतीहरु बजको झ्याईझ्याई तालमा हे हे भन्दै नाचमा मस्त । परापूर्व कालमा काठमाण्डौँ उपत्याकाका मल्ल राजाको पालादेखी रोपाई जात्रा सुरु भएको मानिन्छ । तनहुँका सदरमुकाम दमौलीमा तनहुँसुरु गुठीको आयोजनामा लोप हुन लागेको रोपाई जात्रा निकालिएको व्यास नगरका प्रथम नगरप्रमुख ताराप्रसाद श्रेष्ठले बताउनुभयो  ।
Show More

Related Articles

Back to top button