समाचारAll

डढेलो नियन्त्रणमा जुट्न गाउँपालिकाको आग्रह

दमौली खबर संवाददाता

दमौली, वैशाख १५ गते

तनहुँको घिरिङ गाउँपालिकाले डढेलो नियन्त्रणमा जुट्न गाउँपालिका बासीलाई आग्रह गरेको छ । गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले एक सूचना प्रकाशित गरी डढेलो नियन्त्रणमा जुटन आग्रह गर्नु भएको हो ।

सचेत रहौ आगलागी हुन नदिऔ भन्ने नाराका साथ थापाले वनजंगलमा लागेको डढेलोको कारण वन्यजन्तु र तिनीहरुको बासस्थानमा प्रत्यक्ष असर पुगेको भन्दै त्यसको नियन्त्रणमा जुटन सबैमा आग्रह विज्ञप्तीमा गरिएको छ । चुरोट, लाइटर जस्ता प्रज्वलनशिल पदार्थको जथाभावी प्रयोगका कारण जंगलमा डढेलो लागेको चर्चा गर्दै उनले त्यसको धुवाबाट मानवीय स्वास्थ्यमा समेत गम्भिर असर परेकाले त्यसतर्फ सचेत हुन आम पालिकाबासीमा आग्रह गरिएको थापाद्वारा प्रकाशित सूचनामा जनाइएको छ ।

डढेलो लागेको सूचना प्राप्त हुनासाथ सुरक्षा निकायमा तत्काल जानकारी गराइ डढेलो नियन्त्रणमा सहयोग पु¥याउन सबैमा अनुरोध गर्दछु उनीद्वारा प्रकाशित सूचनामा भनिएको हो । यदि कसैले डढेलो जथाभावी लगाएको सूचना प्राप्त भएमा त्यस्ता व्यक्तिलाई कानुन बमोजिम कारवाही गरिने विज्ञप्तीमा जनाईएको छ ।

Show More

Related Articles

Check Also
Close
Back to top button