समाचार

शुक्लागण्डकी जेसिजको अधिवेशन आज, अध्यक्षमा ५ जना आकांक्षी

शुक्लागण्डकीका युवाहरुलाई नेतृत्व बिकासमा उत्प्रेरित गर्दै सामाजिक कार्यमा अग्रसर बनाउदै आएको सामाजिक संस्था शुक्लागण्डकी जेसिजको १९ औँ शाखा साधारणसभा तथा १८ औँ अधिवेशन बुधबार आज हुदैँछ । दुलेगौँडास्थित होटल मिडटाउनमा कार्यक्रम हुने अध्यक्ष मदन श्रेष्ठले बताए । ‘अधिवेशनको तयारी पुरा भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड कायम गरी कार्यक्रम गर्दैछौँ’, उनले भने ।

सन् २००३ मा भरतबहादुर खड्काको नेतृत्वमा स्थापित शुक्लागण्डकी जेसिजले १७ औँ बसन्त पार गर्दै लक्का जवान संस्था बनेको छ । विभन्न आरोह अवरोह पार गर्दै सामाजिक कार्यमा अग्रसर जेसिजलाई बर्ष २०२१ मा हाँक्नलाई ५ जना युवाले अध्यक्ष बन्ने ईच्छा प्रकट गरेको जेसिज स्रोतले जनाएको छ ।

हाल अध्यक्ष सल्लाहाकार समेत रहेका शिव विक, कोषाध्यक्ष कृष्णबहादुर श्रेष्ठ, कार्यकारणि उपाध्यक्षद्धय क्षितिज थापा र ईश्वरकुमार श्रेष्ठ, महासचिव रमेश भुजेल अध्यक्षको दाबेदार हुन् । यीमध्ये शिव विक र कृष्णबहादुर श्रेष्ठ बलिया उम्मेदवार मानिन्छन् । किनकी गतबर्ष पनि अध्यक्ष बन्ने होडमा रहेका यी दुवैले अन्तिममा आएर मदन श्रेष्ठलाई नेतृत्व सुम्पिएका थिए । तसर्थ यी दुईमा एक अध्यक्ष बन्नेछन् । यी दुई टसमस नभई एकअर्कालाई अन्य ३ जनाको पनि सम्भावना देखिन्छ नै ।

व्यास नगरले पुर्णता पायो

महासचिवमा नागिला, कोषाध्यक्षमा युवराज 

शनिबार अबेर राती निर्वाचित जेसिआई व्यास नगरको कार्यसमितिले पुर्णता पाएको छ । २६ औँ अधिवेशनले बर्ष २०२१ को अध्यक्षमा लक्ष्मीभक्त खनाल निर्वाचित भएका थिए । संस्थाको कार्यकारणी उपाध्यक्षमा कर्णबहादुर गुरुङ र राजेश मल्ल चुनिए । उपाध्यक्षमा सनम अधिकारी, पवन पौडेल, टिका मक्राती र संजीव घिमिरे सर्वसम्मत भए । मंगलवार थप पदाधिकारीको मनोनयन गरी कार्य समितिलाई पुर्णता दिएको हो ।

कानुनी सल्लाहकार राजु राना, महासचिव अजर नागिला, कोषाध्यक्ष युवराज भण्डारी, सचिव कमल गिरी, शाखा सम्पादक सुनिल श्रेष्ठ, तालिम निर्देशक विनोद गोशली, जनसम्पर्क प्रमुख वसन्त पन्थी, प्रकरण निर्देशक रबि भुजेल, वृद्धि सभापति अनुप दाहाल, शाखा निर्देशक चन्दन श्रेष्ठ, योजना प्रमुख पुर्णबहादुर बिक, सह कोषध्यक्ष सोमबहादुर नेपाली, मिडिया रिलेशन प्रमुख कृष्ण गिरी, वातावरण संयोजक लक्ष्मण सुनार, सदस्य समन्वय सभापति गणेश थापा, फेलोसप प्रबद्र्धन प्रमुख सुवोध अधिकारी, सूचना प्रविधि सभापति गोपाल थापा मनोनयन भएका छन् । यस्तै कार्यक्रम समन्वय संयोजक विरेन्द्र नराल, सचिवालय व्यवस्थापन संयोजक शेरबहादुर बोटे, अवार्ड व्यवस्थापन संयोजक बिनोद गोतामे, वोर्ड एडभाईजरमा सुमन श्रेष्ठ, नवीन पुरी र दिपक थापा मनोनित भए । अध्यक्ष सल्लाहकारमा कृष्ण सुनार र ओमकार आचार्यसहित २५ जना मनोनित भएको जेसिआई व्यास नगरले जनाएको छ । यो सहित जेसिआई व्यास नगरको कार्य समिति ३३ सदस्यिय भएको छ ।

Show More

Related Articles

Back to top button