दमौली खबर संवाददाता
तनहुँ, फागुन २९ गते
नेपाल शिक्षक सङ्घ तनहुँका अध्यक्ष रमेशबाबु भट्टराईले शिक्षक कल्याणकारी कोष स्थापना गर्नको लागि दुई लाख रुपियाँ प्रदान गर्नुभएको छ । अध्यक्ष भट्टराईले आईतबार सो रकम नेपाल शिक्षक सङ्घ तनहुँका अर्थ सचिव राजु ढकाललाई रकम प्रदान गर्नु भएको हो ।
समस्यामा परेका शिक्षकलाई मद्धत पु¥याउने उद्धेश्यले नेपाल शिक्षक सङ्घ तनहुँले स्थापना गरेको कोषमा रकम जम्मा गर्न अध्यक्ष भट्टराईले रकम प्रदान गर्नु भएको हो । सङ्घको फागुन २० गते गरिएको नवौं अधिवेशनको क्रममा आफू अध्यक्षमा निर्वाचित भए अक्षय कोष स्थापना गर्ने र शिक्षक कल्याणकारी कोषलाई देशव्यापी बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । प्रतिबद्धता पुरा गर्न आफूले रकम प्रदान गरेको अध्यक्ष भट्टराईले बताउनुभयो ।
अध्यक्ष भट्टराई सामाजिक कार्यमा सक्रिय हुनुहु्न्छ । उहाँले व्यास नगरपालिका–७ स्थित व्यास नगर समता विद्यालयकामा अध्यक्ष गर्ने ४४ जना छात्रालाई एक साता अघि स्टेशनरी सामग्री प्रदान गर्नु भएको थियो । केही समय अघि सोही विद्यालयका छात्र छात्राहरुको लागि पोशाख पनि सहयोग गर्नु भएको थियो । अध्यक्ष भट्टराईले ऋण तिर्न नसकेर आत्मदाहा गर्नु भएका झापाका प्रेमप्रसाद आचार्यको परिवारलाई ५० हजार रुपियाँ आर्थिक सहयोग गर्नु भएको थियो ।



